यस्तो छ विश्वको सबैभन्दा हलुका ब्याग, ३७ ग्राम तौल

फ्रान्स। फ्रान्सेली फेशन ब्रान्ड कोपेर्नीले हालसालै विश्वको सबैभन्दा हलुका हाते ब्याग सार्वजनिक गरेको छ । यो ब्याग पृथ्वीमा पाइने सबैभन्दा हलुका ठोस पदार्थ एरोजेलले बनेको छ ।
३७ ग्राम मात्रै तौल भएको यो ब्यागको नाम कम्पनीले एयर स्वाइप राखेको छ । हरेक वर्ष कम्पनीले आफ्नो लोकप्रिय स्वाइप ब्यागलाई अनौठो र सोच्न बाध्य बनाउने तरिकाले पुनः सृजना गर्ने गरेको छ ।
गएको वर्ष कोर्पेनीले लिमिटेड एडिशनमा मेटोराइट ह्यान्ड ब्याग बनाएको थियो । यसमा हजारौँ वर्ष अघि पृथ्वीमा खसेको मेटोराइट अर्थात् उल्कापीन्डको साहराले हातैले बुट्टा कुँदिएको थियो । यस वर्षको लागि ब्याग बनाउन कम्पनीले ग्रिसेली अनुसन्धानकर्ता र भिजुअल आर्टिष्ट लोआनिस मचियालाउडिससँग सहकार्य गरेको थियो । कोर्पेनीले बनाएको २७ बाई १६ बाई ६ सेमीको यो ब्यागको तौल जम्मा ३७ ग्राम छ ।
सिलिका एरोजेल पृथ्वीको सबैभन्दा हलुका पदार्थ हो । यसमा ९९ प्रतिशत हावा र १ प्रतिशत मात्रै सिसा हुन्छ । यो ब्याग तपाईँले सोचे जस्तो कमजोर भने छैन । यसले आफ्नो तौलको ४ हजार गुणा चाप र १ हजार २०० डिग्री सेल्सियससम्मको ताप सहन सक्छ ।