नेपालमा रासायनिक मल उद्योग सम्भव नै छैन: केसी

काठमाडौँ । नेपाली काँग्रेसका नेता एवम् प्रतिनिधि सभा सदस्य राजेन्द्र कुमार केसीले नेपालमा रासायनिक मल उद्योग स्थापना सम्भव नै नभएको दाबी गरेका छन् । बुधवार संसदमा जारी विनियोजन विधेयक, २०८१ को सिद्धान्त तथा प्राथमिकता (कर बाहेक) को छलफलमा बोल्दै सांसद केसीले यस्तो दाबी गरेका हुन् ।
रासायनिक मल उत्पादनका लागि आवश्यक कच्चा पदार्थ नाइट्रोजनलाई विद्युतीय माध्यमबाट लिने प्रविधि विश्वमा पुरानो भइसकेको र यसको लागत समेत महँगो पर्ने हुँदा नेपालका लागि फाइदाजनक नभएको उनले बताए ।
‘विद्युतीय माध्यमबाट हावामा भएको नाइट्रोजनलाई लिएर मल बनाउने प्रविधि निकै महँगो छ । जुन अहिले हामीले मल खरिदमा खर्च गरिरहेको भन्दा चार गुणा बढी महँगो पर्छ । यसले फाइदा के ?’ उनले संसद्मा प्रश्न गरे । सांसद केसीले बरु मुलुक प्राङ्गारिक मलमा जानुपर्ने बताए । अहिलेकै मल आयातलाई निरन्तरता दिँदै बरु मुलुकले अन्य वस्तुको निर्यात बढाउनुपर्ने उनले बताए ।
नेपालमा जल, ऊर्जा स्रोतको अथाह सम्भावना भएकाले हाइड्रोमा लगानी बढाउनुपर्ने उनले बताए । भएको स्रोत साधनलाई बढी भन्दा बढी प्रयोग गर्नुपर्ने बताउँदै सांसद केसीले बजेटमार्फत कृषि, पर्यटन, ऊर्जा र उत्पादनमा नै केन्द्रित हुनुपर्ने उनले सुझाव दिए ।
ठुलो आकारको बजेट ल्याउने भन्दा पनि १६ खर्बको प्रभावकारी बजेट ल्याउन उनले सरकारलाई सुझाव दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बजेट अधिवेशन आजबाट सुरु हुँदै, प्रधानमन्त्रीले सम्बोधन गर्ने, के के छन् कार्यसूचीमा ?
-
आज भूकम्प स्मृति दिवस, विभिन्न कार्यक्रमका साथ मनाइँदै
-
आज यी तीन प्रदेशमा वर्षाको सम्भावना, तराईका भूभागमा तातो लहर चल्ने
-
महालक्ष्मीको बार कसलाई कति लाभ ? हेरौं आजको राशिफल
-
‘०७२ वैशाख १२ गोरखा भूकम्प’को दशक पूरा, भत्किएका संरचना अझै अधुरा
-
कति पुग्यो अष्ट्रेलियन र क्यानेडियन डलरको मूल्य ?, यस्तो छ विदेशी मुद्राको दरभाउ