जुन देश खाद्यान्नमा परनिर्भर छ त्यो देशको कुनै राष्ट्रियता हुँदैन : सांसद सिंह
![जुन देश खाद्यान्नमा परनिर्भर छ त्यो देशको कुनै राष्ट्रियता हुँदैन : सांसद सिंह](https://npcdn.ratopati.com/media/news/amresh_5wotA5zSCE.jpg)
काठमाडौँ । स्वतन्त्र सांसद डा.अमरेशकुमार सिंहले मुलुक नीतिगत भ्रष्टाचारले थङथिलो भएको दाबी गरेका छन् । सरकारले दुई महिना तीन महिना अघिदेखि बजेटको तयारी गरे पनि अन्तमा नेताहरूले आफू अनुकूलकै बजेट ल्याउने भन्दै सांसद सिंहले यस्तो बजेटलाई ‘बाहुबली बजेट’ को नाम दिन आग्रह गरे ।
बजेट बनाउने पार्टी र नेताले आफ्नो क्षेत्रमा २, ४ अर्बको बजेट खन्याउने तर अन्य क्षेत्रमा बजेट नै नदिने गरेकोप्रति सांसद सिंहले दुःख व्यक्त गरे । सोही अवसरमा सांसद सिंहले मुलुकको सार्वजनिक ऋणको आकार बढ्दै गएको तर विकासको गति जहिको त्यहीँ भएको भन्दै सरकारमाथि प्रश्न गरे ।
‘ऋण लिएर तलब भत्ता खाने काम भइरहेको छ’ बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद सिंहले भने, ‘होइन भने ऋणको आकार बढ्दै गर्दा त्यसबाट कति विकास भयो ?, कूल गार्हस्थ्य उत्पादन (जीडीपी) को आकार कतिले बढ्यो ?’ सांसद सिंहले प्रश्न गरे ।
मुलुक झन् झन् आर्थिक रूपमा कमजोर बन्दै गएको भन्दै सांसद सिंहले खाद्यान्नमा समेत परनिर्भर हुनु भनेको निकै दुःखद पक्ष भएको बताए । ‘जुन देश खाद्यान्नमा परनिर्भर छ त्यो देशको कुनै राष्ट्रियता हुन्न’ सांसद सिंहले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एकीकृत समाजवादीले केन्द्रीय कमिटीलाई पूर्णता दिन मापदण्ड बनाउने
-
सबै केन्द्रीय समिति सदस्य चयनपछि मात्रै पदाधिकारीको टुङ्गो लगाउने एकीकृत समाजवादीको निर्णय
-
मनोहरा खोला बस्तीमा पसेपछि अस्थायी बार लगाइयो
-
भैँसीबाख्रा उद्धार गर्न जाँदा २ जना बेपत्ता
-
प्रतिपक्षको भूमिका सत्तालाई गाली र नियन्त्रण गर्नेमा मात्रै सीमित भयो : सभामुख घिमिरे
-
मोटर चलाउने क्रममा करेन्ट लागेर मृत्यु