फोटोफिचर
गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा माग्दै नेविसंघको प्रदर्शन (तस्बिरहरू)
बुधबार, ०७ चैत २०८०, १३ : ५२

काठमाडौँ । विपक्षी दल नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)ले गृहमन्त्री रवि लामिछाने र अर्थमन्त्री वर्षमान पुनको राजीनामा माग्दै प्रदर्शन गरेको छ । बुधबार राजधानीस्थित नेपाल ल क्याम्पसबाट जुलुस निकाल्दै नेविसंघका कार्यकर्ताहरूले मन्त्रीद्वयको राजीनामा मागेका हुन् ।
उनीहरूले गृहमन्त्री लामिछाने सहकारी ठगी र अर्थमन्त्री पुन सुन तस्करीमा संलग्न रहेको भन्दै तत्काल राजीनामा दिनुपर्ने र छानबिनको माग गरे। नेविसंघका कार्यकर्ताहरू सुनको प्रतिमा र नक्कली सुनको गहना लगाएर सडकमा उत्रिएका थिए ।