चिया निर्यात अनुदानका लागि ५ करोड २६ लाख नगद फुकुवा
बुधबार, ०७ चैत २०८०, १३ : ४२

काठमाडौँ । चिया निर्यात अभिवृद्धिमा दिगोपना कार्यक्रमअन्तर्गत नगद अनुदानका लागि ५ करोड २६ लाख रुपैयाँ नगद अनुदान फुकुवा भएको छ । कोष व्यवस्थापन तथा प्रणाली विकास शाखाको अनुरोधमा महालेखा नियन्त्रक कार्यालयले ई.आइ.एफ.नगद अनुदानतर्फ विनियोजित बजेटमध्ये पछिल्लोपटक १७ लाख ९५ हजार ६६७ रुपैयाँ निकासा फुकुवा गरेको हो ।
यसअघि महालेखा नियन्त्रक कार्यालयले सोही शीर्षकमा ५ करोड ८ लाख ४२ हजार ८३२ रुपैयाँ निकासा फुकुवा गरेको थियो । योसँगै चिया निर्यात अनुदानमा हालसम्म निकासा फुकुवा भएको नगद अनुदान ५ करोड २६ लाख ३८ हजार ४९९ रुपैयाँ पुगेको छ । सरकारले यो वर्षका लागि चिया निर्यात अनुदानका लागि कूल ७ करोड ३९ लाख रुपैयाँ छुट्टयाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोयल च्यालेन्जर्स बैंग्लुरुविरुद्ध गुजरातको शानदार जित, बट्लरको विष्फोटक ब्याटिङ्
-
‘मिर्गी’ रोग पीडित बालिकाको उपचारका लागि ६८ लाखभन्दा बढी जुट्यो
-
१२ बजे, १२ समाचार : प्रधानमन्त्रीको थाइल्याण्ड भ्रमणदेखि तीनकुने घटनामा प्रहरीले चलाएको गोलीबारे जानकारीसम्म
-
लुम्बिनीमा उपकुलपतिहरुको अन्तरराष्ट्रिय सम्मेलन
-
भारतमा लडाकु विमान दुर्घटना
-
झापामा सवारी दुर्घटना, एक जनाको मृत्यु