शुक्रबार, १२ वैशाख २०८२
ताजा लोकप्रिय

भिलेन नभेटिएपछि डन ३ को सुटिङ सर्‍यो

बुधबार, ०७ चैत २०८०, ११ : ५४
बुधबार, ०७ चैत २०८०

नयाँ दिल्ली । डन ३ को सुटिङ शेड्यूलमा हेरफेर भएको छ । स्रोतहरूलाई उद्धृत गर्दै भारतीय सञ्चार माध्यमहरूमा छापिएका समाचार अनुसार फिल्मको छायाङ्कन  २०२४ को अन्त्यतिर मात्र सुरु हुनेछ । फिल्मको सुटिङको शेड्यूल पछाडि धकेलिनुको कारण निर्देशक फरहान अख्तरले अझै पनि फिल्मका खलनायक नभेट्टाउनु भएको बताइएको छ । ढिलाइको अर्को कारण भने रणवीर सिंह हुन् । सेप्टेम्बरमा रणवीरकी पत्नी अभिनेत्री दीपिका पादुकोण आमा बन्दै छिन् ।

गएको वर्ष अगस्टमा  फरहान अख्तरले फिल्म डन ३ मा शाहरुख खानको स्थानमा रणवीर सिंहलाई कास्ट गरेको घोषण गरेका थिए । यो खबरले निकै सनसनी मच्चाएको छ । फिल्ममा अभिनेत्री कियारा आडवाणीको नाम पनि फाइनल भएको छ । टाइम्स अफ इन्डियाको रिपोर्टका अनुसार हालै फरहानले एक अन्तर्वार्तामा आफू नयाँ फिल्मको सुटिङ जुलाईमा सुरु गर्ने बताएका छन् । यो फिल्ममा उनको मुख्य भूमिका छ । यस्तो अवस्थामा उनले यसतर्फ मात्रै ध्यान दिनेछन् ।

‘डन ३’निकट स्रोतका अनुसार निर्माताले फिल्ममा खलनायकको भूमिकामा कसलाई खेलाउने भन्नेबारे सोच विचार गरिरहेका छन् । इमरान हाशमीको नाम खलनायकको रुपमा बाहिरिएको भएपनि उनले केहि समय अगाडि यसलाई अफवाह भनेका थिए । यी सबै कारणले अगस्टमा सुटिङ सुरु गर्न गाह्रो हुने देखिन्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप