संसद्मा कांग्रेसको आक्रोश : रवि लामिछाने स्वर्गबाट आएको हो र ?

काठमाडौँ । नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति नबनाए सदन चल्न नदिने बताएको छ । बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा सभामुखसँग समय माग्दै कांग्रेस सांसद ईश्वरीदेवी न्यौपानेले छानबिन समिति बनाउनका लागि अल्टिमेटम दिएकी हुन् ।
मंगलबार गृहमन्त्री लामिछानेले कांग्रेसले ४ वर्ष संसद् अवरोध गरे पनि सरकारले काम गरिरहने भनेर दिएको अभिव्यक्तिप्रति आपत्ति जनाइन् । उनले भनिन्– ‘देश र जनताका लागि बजेट बनाउने बेला उहाँलाई सदन चाहिएको छैन होला, हामीलाई चाहिएको छ ।
बजेटमाथिको छलफलको गाम्भिर्यतालाई हामीले राम्रोसँग बुझेका छौँ, हामी अवरोध गर्न चाहँदैनौँ । छानबिन समितिको मागसँग किन डराउनुपर्यो ? हिजो बालकुमारी घटनाको छानबिनका लागि यहीँ उफ्री उफ्री कराउनुभएको थियो त । आज उहाँको विषयमा समिति गठन गर्नुपर्यो भन्दा समिति नै गठन गर्न नहुने उहाँ स्वर्गबाट आएको हो ? हामी सबै यहाँ जन्मिएको, उहाँ मात्र त्यसरी निस्कनुभएको हो ? किन डराउनुपर्यो ।’
उनले आउँदो सदनमा छानबिन समिति बनाउनुपर्ने बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दै
-
आँबुखैरेनीमा पढ्ने सबै विद्यार्थीलाई निःशुल्क स्वास्थ्य सेवा, वार्षिक र भर्ना शुल्क पनि निःशुल्क
-
रास्वपा सचिवालय बैठक बस्दै, यस्ता छन् छलफलका एजेन्डा
-
भर्जिनियामा सामूहिक गोलीबारी, तीन जनाको मृत्यु
-
अमेरिकाले छिट्टै औषधिहरूमा पनि ट्यारिफ लगाउनेछ: ट्रम्प
-
प्रतिबन्धित लागुऔषधसहित १२ जना पक्राउ