संसद्मा कांग्रेसको प्रश्न : लामिछानेलाई बुर्लुक्क उफ्रिएर स्वार्थ बाझिने मन्त्रालय किन चाहियो ?

काठमाडौँ । नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले स्वार्थ बाझिने मन्त्रालय लिएको बताउँदै उनीमाथि संसदीय छानबिन समिति बनाएर छानबिन गर्न माग गरेको छ । बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै कांग्रेस सांसद ईश्वरीदेवी न्यौपानेले लामिछाने नैतिक, राजनीतिक र कानुनी प्रश्नबाट घेरिएको बताइन् ।
पहिलो पटक गृहमन्त्री हुँदा नागरिकताको विषयमा विवादित रहेको र अहिले आएर सहकारीको विषयमा विवादित रहेको बताउँदै स्वार्थ बाझिने मन्त्रालयमा लामिछाने आएको भन्दै आपत्ति व्यक्त गरिन् ।
उनले भनिन्– ‘उहाँलाई स्वार्थ बाझिने मन्त्रालय किन चाहियो आज थाहा भएको छ, हिजो नागरिकता विवाद मिलाउनु थियो, आजका दिनमा सहकारीको उजुरी परेको छ, त्यो मिलाउनु छ । हामीले प्रधानमन्त्रीको जवाफबाट आश्वस्त हुन चाहेका थियौँ । प्रधानमन्त्रीको गैर जिम्मेवार जवाफ आयो । प्रतिपक्षलाई केही हैन भन्ने कुरा आयो । हामी चाहन्छौँ सदन चलोस्, नीति तथा कार्यक्रमका विषयमा छलफल होस्, दुई चार पैसा जम्मा गरेकाहरूको पैसा कसरी दिने ? प्रमाण छैन भन्ने प्रधानमन्त्री, प्रमाण छ भन्ने हामी प्रतिपक्षी ? यो कसले छिनोफानो गर्ने ?’
उनले प्रधानमन्त्रीले न्यायाधीश जसरी लामिछानेलाई सफाइ दिएको भन्दै आपत्ति व्यक्त गरिन् । सरकारले संसदीय छानबिन समिति नबनाए सरकारले संसद् बन्द गर्न चाहेको रूपमा कांग्रेसले बुझ्ने उल्लेख गरिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुर्गा प्रसाईंको सचिवालयले भन्यो– आसाम राज्यको प्रहरीसमक्ष आत्मसमर्पण
-
माल्टामा नेपालको पर्यटन प्रवर्द्धन गर्ने पहल, ‘नेपाल डे’ मनाइँदै
-
पतिबाट बच्चा नहुने भएपछि जेठाजुसँग शारीरिक सम्बन्ध राख्न दबाब
-
टिकापुर बहुमुखी क्याम्पसमा नेविसंघका साउँद अध्यक्षमा विजयी
-
तीनकुने घटना : थप तीन जना प्रहरी नियन्त्रणमा
-
मुम्बई आक्रमणका अभियुक्त तहव्वुर राणाको सुपुर्दगी सफल : एनआईए