एचआईभीबारे वैज्ञानिकहरूले ठुलो दाबी - कोषिकाबाट सङ्क्रमित जीन हटाउन सकिन्छ

एम्स्टर्डम । वैज्ञानिकहरूले जीन सम्पादन प्रविधि प्रयोग गरेर एचआईभीलाई कोषबाट सफलतापूर्वक अलग गरेको बताएका छन्। वैज्ञानिकहरूका अनुसार उनीहरूले नोबेल पुरस्कार विजेता क्रिस्पर जीन सम्पादन प्रविधि प्रयोग गरी एचआईभीलाई सङ्क्रमित कोषबाट अलग गर्न प्रयोग गरेका हुन्।
यो प्रविधिको प्रयोग गरेर उनीहरूले ‘मोलिकुलर’ तहमा कैँची जस्तै डीएनए काटेर सङ्क्रमित भागहरू छुट्याएका छन् । युनिभर्सिटी अफ एम्स्टर्डमको टोलीले यस विधिबाट एचआईभी सङ्क्रमणलाई शरीरबाट हटाउन सकिने आशा गरेको बताएको छ ।
यसै साता भएको मेडिकल कन्फरेन्समा यससँग सम्बन्धित अनुसन्धानका बारेमा थप जानकारी दिँदै टोलीले भने, ‘हालको अनुसन्धानले यसरी कोशिकाको डीएनएको सङ्क्रमित भागलाई हटाउन सकिन्छ भन्ने अवधारणालाई प्रमाणित गर्छ तर यो विधि चाँडै एचआईभी निको हुन्छ भन्ने होइन।’
हालसम्म उपलब्ध औषधिहरूले एचआईभीलाई फैलिनबाट रोकेर उपचार गर्छ । तर तिनीहरूले यसलाई शरीरबाट पूर्ण रूपमा हटाउन सक्दैनन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जनताको असन्तुष्टिलाई धमिलो पानी बनाई राजतन्त्र पुनर्स्थापनाको षड्यन्त्र हुँदैछ : मोर्चा
-
दरबार हत्याकाण्डको छानबिन गर्नुपर्ने कुरा भूमिगत हुँदादेखि नै उठाएको हुँ : प्रचण्ड
-
दीपेन्द्रको विस्फोटक ब्याटिङ र ललितको घातक बलिङसामु निरीह बन्यो मधेस
-
आँधीका कारण अमेरिकामा वनमा लागेको आगो नियन्त्रण बाहिर, तीन जनाको मृत्यु
-
२४ घण्टामै युक्रेन युद्ध सल्टाउँछु भनेर ठट्टामा भनेको थिएँ : ट्रम्प
-
समाजवादी मोर्चाले चैत १५ गते काठमाडौँमा प्रदर्शन गर्ने (विज्ञप्ति)