राष्ट्र बैंकले १ अर्ब ९१ करोड ब्याजमा लगानी गर्ने
बुधबार, ०७ चैत २०८०, १० : ५६

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आफ्नो विभिन्न कोषमा रहेको १ अर्ब ९१ करोड तरलता ब्याजमा लगानी गर्ने भएको छ । २०८१ वैशाख २ गतेदेखि २०८२ वैशाख १ गतेसम्म कूल ३६६ दिनका लागि बैंकले कूल १ अर्ब ९१ करोड १० लाख रुपैयाँ विभिन्न बैंकमा निक्षेप राख्ने भएको हो ।
एक सूचना जारी गर्दै बैंक तथा वित्तीय संस्थाहरूलाई केन्द्रीय बैंकले दरखास्त आह्वान गरेको छ ।
बैंकको सूचना अनुसार कूल निक्षेपमध्ये वाणिज्य बैंकहरुका लागि १ अर्ब ५२ करोड ८९ लाख रुपैयाँ छुट्याइएको छ भने विकास बैंक र राष्ट्रिय स्तरका वित्त कम्पनीका लागि क्रमशः २८ करोड ६६ लाख र ९ करोड ५५ लाख रुपैयाँ छुट्याइएको छ ।
इच्छुक बैंक तथा वित्तीय संस्थाहरूले चैत ८ गते राति १२ बजेसम्म उचित ब्याजदर र निक्षेप माग गरी दरखास्त आह्वान गर्न सक्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीनकुने घटना : झण्डै ४७ करोड क्षति भएको प्रारम्भिक मूल्याङ्कन
-
पोखरामा खानेपानी अभाव, पानी माग्दै होटल सङ्घ पुग्यो संस्थान
-
‘रैथाने गाईको पञ्चगव्यमा आधारित उत्पादन’
-
इच्छाशक्ति भएमा अत्यावश्यक सामग्रीको आयात नियन्त्रण गर्न सकिन्छ : मन्त्री भण्डारी
-
सरकार ! एउटा प्रेम अदालत गठन गर् !
-
दानव नदीमा डुबेर बेपत्ता तीनमध्ये एक जनाको शव फेला