आईएमई पेमार्फत आन्तरिक हवाई टिकट काट्नेको संख्या वृद्धि
बुधबार, ०७ चैत २०८०, १० : २९

काठमाडौँ। आईएमई पेले सञ्चालनमा ल्याएको रिफन्डेबल फिचर मार्फत आन्तरिक हवाई टिकट काट्नेको कुल संख्या वृद्धि भएको छ । सहज फिचर सँगसँगै प्रयोगकर्ताहरूले कल तथा इमेल मार्फत पाउने ग्राहकमैत्री सेवा र तत्कालै हुने रिफन्डले गर्दा आइएमई पेले उपलब्ध गराएको यो सेवामा ग्राहकको संख्या बढेको जनाइएको छ ।
आइएमई पे एपमार्फत प्रयोगकर्ताहरूले आन्तरिक तथा अन्तर्राष्ट्रिय हवाई टिकट काट्दा आन्तरिक हवाई टिकटमा क्यास ब्याक, रिवार्ड पोइन्ट र टिकट-रिफन्डेबल फिचर पनि पाउन सक्ने कम्पनीको भनाइ छ ।
आइएमई पे का प्रमुख कार्यकारी अधिकृत प्रविण रेग्मीले आन्तरिक हवाई टिकटमा टिकट रिफन्डेबल फिचर प्रवर्द्धन भएको १ वर्षको अवधिमै प्रयोगकर्ताहरूको बढ्दो संख्याले सेवाहरू थप्न कम्पनी उत्साहित भएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ललिता निवास प्रकरण : दुई पूर्वप्रधानमन्त्रीविरुद्धको मुद्दा पूर्ण इजलासमा
-
हुम्लाको श्रीनगरमा वर्षासहितको बाढी, १० भन्दा बढी पसल र घरमा क्षति
-
बागमतीका मेयर थापाविरुद्धको मुद्दामा आज पनि सुनुवाइ
-
आजबाट हास्य कार्यक्रम ‘जोगिन्दरको पान दुकान’ सिजन २ प्रसारणमा आउने
-
युक्रेनी मामिलामा युरोपसँग कुरा गर्दै अमेरिका
-
वीरगञ्जको जनजीवन सामान्य हुँदै