सामसङ ग्यालेक्सी ए५५ र ए३५ सार्वजनिक, नवीनतम इनोभेशन र परिष्कृत सुरक्षा
बुधबार, ०७ चैत २०८०, १० : २१

काठमाडौँ । सामसङ इलेक्ट्रोनिक्सले सामसङ ग्यालेक्सी ए५५ र ग्यालेक्सी ए३५ फाइभजीको अनावरण गरेको छ । जसले बढीभन्दा बढी ग्राहकहरूलाई अत्याधुनिक मोबाइल इनोभेशनहरू प्रदान गर्ने सामसङले जनाएको छ ।
‘हामीले ग्यालेक्सी ए सिरिजमार्फत नवीनतम् प्रविधिहरूलाई अझ बढी ग्राहकहरूका लागि पहुँच योग्य बनाउने लक्ष्य राखेका छौं, यसबाट धेरैले अधिक सुविधाहरूको आनन्द लिन सक्नेछन्’, सामसङ नेपालका आइएम बिजनेसका निर्देशक प्रणय रत्न स्थापितले भने, ‘यस वर्ष ग्यालेक्सी ए सिरिज भित्र थप सम्भावनाहरू उजागर गर्न पाउँदा हामी उत्साहित छौं ।’
दुवै फोनामा उच्च सुरक्षा सुविधाहरूका साथै ग्यालेक्सीको फ्ल्यागशिप क्यामराको इनोभेशनबाट प्रेरित नयाँ फोटोग्राफी क्षमताहरू र भिजन बुस्टरको साथ प्रयोगकर्ताहरूको परिवेश अनुरूप समायोजन हुने शानदार डिसप्ले राखिएको कम्पनीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
किसानको बक्यौता भुक्तानी गर्न दुग्ध उत्पादक सहकारीको आग्रह
-
घर सजाउने सौखले रोपेको फूल बन्यो आम्दानीको स्रोत
-
१२ बजे, १२ समाचार : ताप्लेजुङमा हट्यो निषेधाज्ञादेखि प्रकृति लम्साल मृत्यु प्रकरणको थप जानकारीसम्म
-
हट्यो ताप्लेजुङमा जारी निषेधाज्ञा
-
मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक, के–के छन् नयाँ व्यवस्था (पूर्णपाठसहित)
-
पशुपतिमा चुस्त सुरक्षा व्यवस्थापन : महँगा गहना लगाएर नआउन अनुरोध