आँधीका कारण अस्ट्रेलियामा ७०० जना अलपत्र

सिड्नी । अस्ट्रेलियाको सुदूर उत्तरी क्षेत्रमा मङ्गलबार आएको उष्णकटिबन्धीय चक्रवातका कारण करिब ७०० जना व्यक्ति अलपत्र परेका छन् ।
अस्ट्रेलियाली प्रतिरषा बलले बोरोलोलाको सानो उत्तरी क्षेत्र समुदायका बासिन्दालाई बाहिर निकाल्ने प्रयास गरेको तर सोमबार विमान अवतरण गर्ने प्रयासमा खराब मौसमका कारण बाधा पुगेको थियो ।
सोमबार दिउँसो आएको हावाहुरीका कारण स्थानीयवासीलाई समुदायमा आश्रय लिन आग्रह गरिएको छ ।
जोखिमका हिसाबले तेस्रो तहको आँधीका रूपमा वर्गीकरण गरिएको यो मौसमी विपत्तिका कारण उक्त क्षेत्रमा १७० देखि २०० किलोमिटर प्रतिघण्टाको रफ्तारमा हावाहुरी चलेको मौसम विज्ञान विभागले जनाएको छ ।
विपद् व्यवस्थापनमामिला मन्त्री मुरे वाटले भने, “खराब मौसमले गर्दा सोमबार प्रभावित क्षेत्रबाट नागरिकलाई खाली गर्ने काममा कठिनाइ भएको थियो । थप जनशक्ति तैनाथ गरी प्रभावित क्षेत्रमा आज उद्धारकार्य जारी राखिनेछ ।” -(रासस/एएफपी)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आन्दोलन र वार्ता सँगसँगै अघि बढाउने शिक्षक महासंघको निर्णय
-
डिजिटल बोर्डहरू ह्याक हुनबाट जोगिन के गर्ने ?
-
एलओडीलाई अन्तर्राष्ट्रिय बजारमा लैजाने योजना छ – निर्देशक कुँवर
-
काठमाडौँ महानगरभित्रका संस्थागत विद्यालयहरुबाट प्रदान गरिने छात्रवृत्तिमा यस्तो निर्णय
-
पोखरा विमानस्थलको छानबिन प्रतिवेदनमा एमाले सांसदले किन गरेनन् हस्ताक्षर ?
-
शिक्षक महासंघ र शिक्षामन्त्रीबिच वार्ता सुरु