खेलाडी पलायन निराकरण गर्न मन्त्री श्रेष्ठसँग आग्रह
काठमाडौँ । नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सङ्घले खेलाडी पलायन निराकरण गर्नका लागि ठोस कदम चाल्न युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठलाई आग्रह गरेका छन् ।
खेलाडी सङ्घले सिंहदरबारस्थित खेलकुद मन्त्रालयमा मन्त्री श्रेष्ठलाई सात बुँदे सुझाव दिँदै उक्त आग्रह गरेको हो ।
सङ्घका अध्यक्ष दीपक श्रेष्ठको नेतृत्वमा गएको टोलीले मन्त्री श्रेष्ठलाई सुझाव पत्र प्रदान गरेको हो । राज्यले लगानी गरेर अन्तर्राष्ट्रिय सफलता प्राप्त गरेका खेलाडीलाई संरक्षण गर्न नसक्दा बिदेसिएको अवस्था रहेको खेलाडी सङ्घले सुझाव उल्लेख गरेको छ । सङ्घले तत्काल ठोस योजना बनाएर खेलाडीलाई स्वदेशमै रहन सक्ने वातावरण मिलाउन मन्त्री श्रेष्ठलाई आग्रह गरेको छ ।
साथै पदक विजेतालाई घोषित पुरस्कार समयमा उपलब्ध गराइदिन पनि खेलाडीहरूले आग्रह गरेका छन् । खेलाडी सङ्घले १९ औँ एशियाली खेलकुद प्रतियोगिता र चौथो एसियाली पारा खेलकुदमा पदक विजेता खेलाडीका लागि घोषित पुरस्कार समयमा नै पाउने वातावरण सिर्जना गर्न आग्रह गरेको छ । सुझाव पत्रमा खेलाडी सङ्घले दसौँ राष्ट्रिय खेलकुद समयमा नै गर्ने सुनिश्चितता गर्न पनि सुझाव दिएको छ । यो संस्करण आगामी वर्ष मंसिर २ देखि ९ गतेसम्म कर्णाली प्रदेशमा तय गरिएको छ ।
निजी क्षेत्रअन्तर्गत सामाजिक उत्तरदायित्व कोष (सिएसआर) मा रहेको रकम खेल क्षेत्रमा प्रयोगमा ल्याउन सकिए निजी क्षेत्रसमेत खेलकुदमा आकर्षित हुने खेलाडी सङ्घको विश्वास छ । खेलाडी सङ्घले राष्ट्रिय सङ्घबाट हुनुपर्ने राष्ट्रिय प्रतियोगिता नियमित हुन नसकेको आरोप लगाएको छ । यसले गर्दा खेलाडीको खेल कौशलता, प्रदर्शन तथा स्तर वृद्धिमा देखिने समस्यालाई निराकरण गर्न राष्ट्रिय खेलकुद नै कुर्नुपर्ने अवस्था भएको खेलाडी सङ्घको बुझाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कस्तो रहला तपाईँको यो साता ? हेर्नुहोस् साप्ताहिक राशिफल
-
बागमती प्रदेशमा धान उत्पादन घट्यो
-
इन्साइडर ट्रेडिङविरुद्ध बोर्डको ‘एक्सन’पछि सकारात्मक छैन सेयर बजार
-
थोरै सङ्ख्यामा पशु पालेरै मासिक एक लाख बढी आम्दानी
-
रवि लामिछानेविरुद्ध आज अभियोग पत्र दर्ता गरिने
-
मुग्लिङ–नौबिसे सडक आजदेखि दिउँसो ३ घण्टा बन्द हुने