डीडीसीमा १ अर्बभन्दा बढीको दुग्धजनय पदार्थ मौज्दात
मङ्गलबार, ०६ चैत २०८०, १८ : ४१

काठमाडौँ । दुग्ध विकास संस्थान (डीडीसी) अन्तर्गत पर्ने काठमाडौँ दुग्ध वितरण आयोजनामा १ अर्ब ३५ करोड ५ लाख ४६ हजार ८५० रुपैयाँको दुग्धजनय पदार्थ मौज्दात छ । आयोजनामा ६६ करोड १ लाख १७ हजार २५० रुपैयाँ बराबरको १ लाख १५ हजार ५६५ किलो धुलो दूध मौज्दात रहेको आयोजनाका अध्यक्ष गणेश कुमार यादवले बताए ।
यस्तै, उनका अनुसार ६९ करोड ४ लाख २९ हजार ६ सय रुपैयाँ बराबर ७ लाख ६७ हजार १४४ किलो मख्खनको मौज्दात छ । आयोजनाले काठमाडौँ उपत्यका नजिक जिल्लाबाट दैनिक ६५ देखि ७० हजार लिटर दुध सङ्कलन गरिरहेको उनले बताए । सुख्खा सिजनमा ४० हजार लिटर दुध सङ्कलन हुन्छ ।
औषतमा दैनिक ६७ देखि ७० हजार लिटर दुध बिक्री गरिरहेको उनले बताए । यस आयोजनामा १८ वटा चिलिङ सेन्टर, २०७ वटा सहकारी केन्द्र आवद्ध छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मानव अधिकारका लागि खोटाङवासीको त्यो सक्रियता
-
सहज छैन सलाहको यात्रा, केन र लेवान्डोवस्कीदेखि एमबाप्पेसम्म छन् दौडमा
-
संविधानको पूर्ण कार्यान्वयनमार्फत पहिचानको मुद्दा सम्बोधन गर्न सकिनेछ : प्रचण्ड
-
ललितपुर महानगरपालिकाले भत्कायो घर-टहरा (तस्बिरहरु)
-
धौलागिरिका दुर्गम गाउँमा पुग्यो सडक
-
५ बजे मन्त्रिपरिषद् बैठक, हटाइएलान् कुलमान ?