हरेक दिन एकदिनको मन्त्री हो सम्झेर काम गरिरहेको छु : श्रममन्त्री अर्याल

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोल प्रसाद अर्यालले आफूले हरेक दिन आफ्नो अन्तिम दिन सम्झेर काम गर्दै आएको बताएका छन् । मंगलबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री अर्यालले आफू हरेक दिन एक दिनको मन्त्री हो भन्ने सम्झेर काम गर्दै आएको कताएका हुन् ।
इमानदारी र प्यासनका साथ काम गरिरहेको भन्दै उनले श्रमिकको हक हितका लागि जस्तोसुकै कदम चाल्न पछि नहट्ने बताए ।
‘म हरेक दिन एकदिनको मन्त्री हो सम्झेर काम गरिरहेको हुन्छु । म मन्त्रालयमा कति समय हुन्छु भन्नेमा हुन्न । हरेक दिन आज मात्रै हो भनेर काम गर्छु,’ मन्त्री अर्यालले भने ।
उनले नियम, कानुन तथा ऐनका विरुद्ध हुने कामका लागि आफू हदैसम्म निर्मम हुने चेतावनी दिए । ‘गलत जो सुकैले गरोस् । म आफ्नो मान्छे, कसैको पहुँचको आधार तथा भनसुनको आधारमा म गलत भयो भने निकै निर्मम हुन्छु,’ मन्त्री अर्यालले भने ।
मन्त्रालयको नेतृत्व सम्हालेसम्म आफू हरेक दिन श्रमिक हक हितको लागि काम गर्ने गरेको उनले बताए । मन्त्रालयमा देखिएका समस्याबारे जानकार रहेको भन्दै उनले ती समस्या समाधानका लागि अघि बढ्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महाशिवरात्रिको पूर्वसन्ध्यामा ओली पुगे पशुपति
-
मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक, के–के छन् नयाँ व्यवस्था (पूर्णपाठसहित)
-
भारतीय सेनाका पूर्व स्थल सेनाध्यक्षहरूद्वारा पशुपति दर्शन
-
नो केबलकार पक्षले अहिलेको सरकारी टोलीसँग वार्ता नगर्ने
-
यस्तो देखियो शिवरात्रिको पूर्वसन्ध्यामा पशुपति
-
धमाधम बिरामी हुन थाले बालबालिका : विद्यालयमा टेन्सन, अस्पतालमा प्रेसर