वरिष्ठ अधिकृत सम्मेलन समापन

काठमाडौँ । गृहसचिव एकनारायण अर्यालको प्रमुख आतिथ्यमा सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा सञ्चालन भएको ‘वरिष्ठ अधिकृत सम्मेलन, २०८०’ मंगलबार समापन भएको छ । सो सम्मेलन यही चैत्र ४ गतेदेखि सञ्चालन भएको थियो ।
कार्यक्रममा बोल्दै गृहसचिव अर्यालले कार्यक्षेत्रमा परिचालन हुने सशस्त्र प्रहरी कर्मचारीहरूको मनोबल उच्च बनाउनका लागि मन्त्रालयको तर्फबाट कुनै कसर बाँकी नराख्ने बताए । वरिष्ठ अधिकृत सम्मेलनबाट तयार भएका प्रतिवेदनहरूलाई कार्यान्वयनको लागि मन्त्रालय सकारात्मक रहेको उनको भनाई थियो ।
उनले संगठनले बोकेको विशेष उद्देश्य, जिम्मेवारी, परिचालन, तौर तरिका, निर्णय, सीमा सुरक्षामा चाहिने आवश्यक उपकरण र संगठनको बृत्तिविकासमा आफू सदैव सकारात्मक रहेको उल्लेख गर्दै विपद् व्यवस्थापनमा सशस्त्र प्रहरी बल नेपालले देखाएको तत्परता र निभाएको भूमिका समेतको प्रशंसा गरे । गृहसचिव अर्यालले सशस्त्र प्रहरी बल नेपालको बृहत्तर विकासको लागि ऐन कानुनको निर्माण गर्न आवश्यक रहेको, सीमामा रहेका बीओपीहरूको समस्याहरूबारे आफू जानकार रहेको बताउनुहुँदै यस प्रकारको सम्मेलन संगठनको गतिशीलताको लागि अति आवश्यक रहेको र यसले कार्यशैलीमा प्रभावकारिता, कर्मचारीहरूमा सामीप्य बढाउन सहयोग गर्ने विश्वास व्यक्त गरे ।
कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले परम्परागत रूपमा सञ्चालन गर्ने सम्मेलन मात्र नभई यस सम्मेलनमा साना–साना कुराहरूको समेत ध्यानमा राखी सुधार गर्नुपर्ने कानुनी ऐन, नियम, परिचालन लगायतका विविध विषयहरूमा गहन रूपमा छलफल भएको बताए । संगठन विकासको निमित्त हामीले नै गर्नुपर्ने, कमीकमजोरी छन् भने सुधार गर्दै लगिनु पर्ने र सबैको संयुक्त कार्य नै संगठनको हितमा केन्द्रित हुनुपर्ने उनको जोड थियो ।
कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरू नारायणदत्त पौडेल, चन्द्र प्रकाश गौतम, वंशीराज दाहाल लगायतले संगठनका विविध विषयमा भएको छलफलले समस्याको पहिचान र समाधानमा सहयोग पुग्ने बताए । कार्यक्रममा सबै बाहिनीका बाहिनीपति लगायत सशस्त्र प्रहरी वरिष्ठ अधिकृत तथा अधिकृतहरूको उपस्थिति रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेचीनगर गोल्डकप : धरानलाई हराउँदै काँकडभिट्टा फाइनलमा
-
अमेरिकाको नयाँ कीर्तिमान : दुई मिसन एउटै रकेटमा
-
दुई जना डीएसपी एसपीमा बढुवा सिफारिस
-
चीनको हरियाली अभियान : ४४ लाख ५० हजार हेक्टर वन वृक्षारोपण
-
१० बजे १० समाचार : सदनमा लफडा, क्याम्पसमा तोडफोड
-
राज्यको अगुवाइमा निजी क्षेत्रको विकास गर्नुपर्छ : अध्यक्ष भट्टराई