गृहमन्त्री रवि लामिछानेले भने, ‘कांग्रेस दुधले नुहाएको पार्टी होइन’

काठमाडौँ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले ठाडो उजुरीका भरमा नेपाली कांग्रेसले संसद् अवरुद्ध गरी आफ्नो राजीनामा मागेको भन्दै आपत्ति जनाएका छन् ।
मङ्गलवार संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले कांग्रेस दुधले नुहाएको पार्टी नभएको टिप्पणी गरे । उनले कांग्रेसले पूरक उजुरीमा संसद् अवरुद्ध गर्ने अभ्यास सिकाउन खोजेको बताए ।
लामिछानेले ठाडो उजुरीमा संसद् अवरुद्ध गर्ने अडानमा कायमै रहन पनि कांग्रेसलाई चुनौती दिए । चिटिक्क परेर अनियमितता गर्ने काँग्रेसले नैतिकता, सुशासनका कुरा गर्ने ? भन्दै प्रश्नसमेत गरे ।
उनले भने, ठाडो उजुरीमा संसद् अवरुद्ध गर्ने हो भने यसमा अडिरहन आग्रह गर्दछु । हामीले कामले जवाफ दिने हो । काँग्रेसले ४ वर्ष संसद् अवरुद्ध गरोस्, हाम्रो यो अहिलेको संयन्त्रले ४ वर्ष काम गरोस्, नेपालमा भ्रष्टाचार अन्त्यका लागि सफा भएर, चिटिक्क परेर अनियमितता गर्ने, अनुसन्धान प्रभावित गर्ने, अनुसन्धान भइरहेका मान्छेलाई कुर्सीबाट हटाएर पठाउने काँग्रेसले नैतिकता, सुशासन गर्ने ?’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोयल च्यालेन्जर्स बैंग्लुरुविरुद्ध गुजरातको शानदार जित, बट्लरको विष्फोटक ब्याटिङ्
-
‘मिर्गी’ रोग पीडित बालिकाको उपचारका लागि ६८ लाखभन्दा बढी जुट्यो
-
१२ बजे, १२ समाचार : प्रधानमन्त्रीको थाइल्याण्ड भ्रमणदेखि तीनकुने घटनामा प्रहरीले चलाएको गोलीबारे जानकारीसम्म
-
लुम्बिनीमा उपकुलपतिहरुको अन्तरराष्ट्रिय सम्मेलन
-
भारतमा लडाकु विमान दुर्घटना
-
झापामा सवारी दुर्घटना, एक जनाको मृत्यु