शिक्षा समितिको सभापतिका लागि थापाको उम्मेदवारी दर्ता

काठमाडौँ । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको सभापतिका लागि अम्मरबहादुर थापाले मनोनयन दर्ता गराएका छन् । मङ्गलबार संसद् भवनमा नेकपा (एकीकृत समाजवादी) का सांसद थापाले शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको सभापतिका लागि उम्मेदवारी मनोनयन दर्ता गराएका हुन् ।
यसअघि पनि शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको सभापति नेकपा (एकीकृत समाजवादी) बाटै वर्तमान सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशी थिए । जोशी मन्त्री बनेसँगै समितिको सभापति रिक्त थियो । रिक्त पदमा एकीकृत समाजवादीकै सांसद थापाले उम्मेदवारी दर्ता गराएका हुन् ।
दर्ता गराइसकेपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले आफू समितिको सभापतिमा सर्वसम्मत हुने विश्वास व्यक्त गरे । उनले बाँकी दिनमा शिक्षामा रहेका जटिलताहरूलाई समाधान गर्नेगरी अघि बढ्ने बताए । उनले शिक्षा र स्वास्थ्य जस्तो संवेदनशील कुरामा समितिमा गतिका साथ काम गर्ने प्रतिबद्धता जनाए । उनले शिक्षामा प्रतिस्पर्धा कसरी गराउन सकिन्छ ? भन्नेबारेमा आफूले कम गर्ने बताए । उनले शिक्षालाई पहिलो रोजाइको बनाउने गरी काम गर्ने बताए ।
उनले भने, ‘सर्वसम्मत होस् भन्ने चाहना छ । सबै साथीहरूले मलाई रुचाउनुहुन्छ भन्ने लाग्छ । बाँकी दिनमा शिक्षामा जुन जटिलता छ, त्यो जटिलतालाई कसरी पन्छाएर सहजता बनाउने भन्नेमा गम्भीर रूपले लाग्नेछु । शिक्षा र स्वास्थ्य जस्तो संवेदनशील कुरामा मिनी संसद्को हिसावले गतिका साथ अघि बढाउनेछु । देशमा शिक्षाका लागि गुणस्तर ढङ्गले अघि बढाउने पक्षमा छु । शिक्षामा प्रतिस्पर्धा कसरी गराउन सकिन्छ ? यो कानुन कसरी ल्याउन सकिन्छ भन्नेमा म छु । शिक्षा क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेर काम गर्नेछु ।’
थापाको प्रस्तावकमा नेकपा (माओवादी केन्द्र) का सांसद देवेन्द्र पौडेल, समर्थकमा दीपा शर्मा रहेका छन् । समिति सभापतिको निर्वाचन चैत्र ७ गते हुँदैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रिमियर लिग : म्यान्सिटीको फराकिलो जित, आर्सनल रोकियो बराबरीमा
-
वैशाख २ गते बोडेका २८ वर्षीय सुजनले तेस्रोपटक जिब्रो छेडेर जात्रा चलाउने
-
बाढीले डाइभर्सन बगाएपछि अवरुद्ध बुटवल-नारायणगढ सडक सञ्चालन
-
आईपीएल क्रिकेट : हैदरावादको हार श्रृंखलामा ब्रेक, गान्धी स्टेडियममा पञ्जाब हार्यो
-
१२ बजे, १२ समाचार : झडपपछि वीरगञ्जमा कर्फ्यु लगाइयोदेखि फास्ट ट्र्याकमा चिनियाँ ठेकेदारले ठगी गरेको आरोपसम्म
-
धुमधामपूर्वक मनाइयो हनुमान जयन्ती