पोखरामा मिनी सडक महोत्सव हुने
मङ्गलबार, ०६ चैत २०८०, १५ : १३
_hYCYcuO3UU.jpg)
पोखरा । पोखरामा नेपाली नयाँ वर्षको अवसरमा मिनी सडक महोत्सव हुने भएको छ । होटल सङ्घ पोखराले चैत २९ गतेदेखि वैशाख १ गतेसम्म फेवा नव वर्ष महोत्सव आयोजना गर्न लागेको हो ।
महोत्सवका लागि २१ वटा उपसमिति गठन गरिएको छ । सङ्घका उपाध्यक्षहरू दीपक श्रेष्ठ र गणेशराज पहारी सहसंयोजक बनेका छन् ।
मंगलबार बसेको बैठकले पोखरालाई पर्यटकीय राजधानी घोषणा गरेर सरकारले पर्यटन क्षेत्रमा सकारात्मक अभियान चलाएको बताएको छ । राजधानी घोषणा गरेकै खुसीयालीमा होटलहरुले २० प्रतिशत छुट दिने घोषणा गरिएको संयोजक लक्ष्मण सुवेदीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिरोले घरबारविहीन बनेका छितिजको परिवारलाई नयाँ घर
-
अछामको साँफेहाट बजारमा भीषण आगलागी, १० वटा पसल पूर्ण रूपमा नष्ट
-
भन्सार छलीको सामानसहित ३ मोटरसाइकल बरामद
-
कांग्रेस नेता तथा पूर्वराज्यमन्त्री तीर्थराम डंगोलको निधन
-
सहकारी विभाग र प्रशिक्षण केन्द्रलाई मर्ज गर्दै सरकार
-
यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थाेक मूल्य