रामदेव र आचार्य बालकृष्णलाई अदालतमा उपस्थित हुन आदेश
मङ्गलबार, ०६ चैत २०८०, १५ : ००

काठमाडौँ । भारतको सर्वोच्च अदालतले पतञ्जलि आयुर्वेदका संस्थापक रामदेव र प्रबन्ध निर्देशक आचार्य बालकृष्णलाई अदालतमा पेस हुन आदेश दिएको छ ।
न्यायाधीशद्वय हिमा कोहली र अहसानुद्दीलन अमानुल्लाको संयुक्त इजलासले कम्पनीलाई अवमनना नोटिसको जवाफ नदिनुको कारणसमेत सोधेको छ ।
यो मामिला पतञ्जलि आयुर्वेदका औषधिहरूलाई लिएर प्रसारित विज्ञापनमा गरिएका ‘भ्रामक’ दाबीसँग सम्बन्धित छ । यसअघि पतञ्जलिका कानुन व्यवसायीले उक्त कम्पनीबाट त्यस्ता भ्रामक विज्ञापन नगरिने प्रतिबद्धता जनाएका थिए ।
गत नोभेम्बरमा अदालतमा यस्तो प्रतिबद्धता जनाइए पनि त्यस्ता विज्ञापन प्रसारित भइरहेको भन्दै फेरि मामिला अदालतमा पुगेको थियो । मङ्गलबार अदालतले अवमानना नोटिसको जवाफ नआएको भन्दै रामदेव र आचार्य बालकृष्णलाई अदालतमै पेस हुन आदेश दिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारले ट्रेजरी बिलमार्फत २५ अर्ब २५ करोडको आन्तरिक ऋण उठाउँदै
-
सपना : आन्दोलनरत शिक्षक र प्रधानमन्त्रीको वार्ता
-
सातै प्रदेशमा मुख्यमन्त्री र प्रदेश प्रमुखविरुद्ध परेको रिटमा आज सुनुवाइ हुँदै
-
गभर्नर नियुक्ति विवादको रिट आज पनि इजलासको पुछारमा
-
ट्रम्प प्रशासनविरुद्ध हार्वर्ड विश्वविद्यालयले हाल्यो मुद्दा
-
च्याट लिक कान्डः ट्रम्पले गरे आफ्नो रक्षामन्त्री हेगसेथको बचाउ