पूर्वनिर्धारित दुई अभियान स्थगित गर्ने माओवादीको निर्णय

काठमाडौँ । नेकपा माओवादी केन्द्रले पूर्वनिर्धारित दुई अभियान स्थगित गर्ने निर्णय गरेको छ । पार्टीको विधान अधिवेशनले तय गरेको तराई–मधेस जनजागरण अभियान (हुलाकी राजमार्ग केन्द्रित) र हिमाल–पहाड–तराई–मधेस राष्ट्रिय एकता अभियानका कार्यक्रम स्थगित गर्ने निर्णय गरेको हो ।
मंगलबार बसेको पदाधिकारी बैठकले तयारी नपुगेको कारण देखाउँदै दुवै अभियान स्थगित गर्ने निर्णय गरेको एक नेताले जानकारी दिए । फागुन १ देखि ३ गतेसम्म प्रज्ञा भवन कमलादीमा सम्पन्न भएको प्रथम विधान अधिवेशनले चैत र वैशाखमा दुई चरणको अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो ।
पहिलो चरणको अभियान अन्तर्गत चैत १ देखि १५ गतेसम्म तराई मधेस जागरण अभियान सञ्चालन हुने भनिएकोमा स्थायी कमिटीले चैत १५ देखि चैत मसान्तसम्म सञ्चालन गर्ने निर्णय गरेको थियो । यसैगरी दोस्रो चरणमा हिमाल–पहाड–तराई–मधेस राष्ट्रिय एकता अभियान वैशाख १५ देखि वैशाख मसान्तसम्म सञ्चालन हुने भनिएको थियो ।
यसअघिको विशेष रूपान्तरण अभियान, संगठन सुदृढीकरण र पार्टी रूपान्तरणका लागि कार्यकर्तामा केन्द्रित रहे पनि आगामी अभियान जनतामा केन्द्रित रहने भन्दै माओवादीले सो कार्यक्रम अघि सारेपनि अन्तिम समयमा आएर स्थगित गरेको हो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालीले आवश्यकताभन्दा ४ गुणा बढी नुन खाइरहेका छन् : महर्जन
-
सुर्खेतमा ‘तरल नाइट्रोजन प्लान्ट’ बन्दै
-
पुलिसलाई हराउँदै आर्मी केपी ओली कपको सेमिफाइनलमा
-
महाशिवरात्रीको ट्राफिक व्यवस्थापनमा ८९० जना ट्राफिक प्रहरी खटिने, कहाँ-कहाँ छ पार्किङ सुविधा ?
-
ट्रम्पको कार्यकारी आदेशले यूएसएडका तीन कार्यक्रम रोकिए : अर्थ मन्त्रालय
-
बंगलादेशको एयरफोर्स बेसमा हमला, एक जनाको मृत्यु