मधेस प्रदेशका भौतिक मन्त्रीलाई थप दुई मन्त्रालयको जिम्मेवारी
मङ्गलबार, ०६ चैत २०८०, १४ : ३३
काठमाडौँ । एमालेका तर्फबाट मधेस प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रीमा नियुक्त सरोज कुमार यादवलाई थप दुई मन्त्रालयको पनि जिम्मेवारी थपिएको छ ।
यादव सोमबार मात्रै मन्त्री नियुक्त भएका थिए । उनले मंगलबार नै प्रदेश प्रमुख सुमित्रा भण्डारीबाट पद तथा गोपनीयताको शपथ लिएर पदभार ग्रहण गरेका थिए ।
मंगलबार मुख्यमन्त्री सरोजकुमार यादवको सिफारिसमा प्रदेश प्रमुख भण्डारीले मन्त्री यादवलाई गृह, संचार तथा कानुन मन्त्रालय र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको जिम्मेवारी तोकेकी हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसलाई विज्ञको सुझाव– ५ जना नयाँ साथी बनाउने, २ जनालाई भोट हाल्न लगाउने
-
ओलीबारे देउवा र प्रचण्डको एकैदिन विपरीत टिप्पणी
-
झापामा ६ राउण्ड गोली प्रहार, एक जना लागू औषध कारोबारीको खुट्टामा लाग्यो गोली
-
नक्कली एक्स अकाउन्टले सोनु निगम हैरान, भने- मेरो ज्यान जोखिममा छ
-
‘रंगी’को शीर्ष गीतमा रोमान्टिक सलोन र मलिका
-
लागू औषध कारोबारीलाई पक्राउ गर्न प्रहरीले चलायो गोली