आधिकारिक पदबिना पञ्जाबको प्रशासनिक बैठकमा बसेपछि विवादमा तानिए नवाज शरीफ

इस्लामावाद । पाकिस्तानका तीन पटकका पूर्व प्रधानमन्त्री तथा पाकिस्तान मुस्लिम लिग–नवाज (पीएमएल–एन)का सर्वोच्च नेता नवाज शरीफ गत महिनाको आम निर्वाचनयता गायब थिए । हालै शरीफले पञ्जाब सरकारको तीनवटा प्रशासनिक बैठकको अध्यक्षता गरे । बैठकमा उनको उपस्थितिले धेरैलाई अचम्मित बनायो । किनभने नवाज शरीफसँग कुनै पनि आधिकारिक पद थिएन ।
सोमबार शरीफले छोरी मरियम शरीफको नेतृत्वमा रहेको पञ्जाब सरकारको प्रशासनिक बैठकको अध्यक्षता गरेका थिए । बैठक पछि एक ह्यान्डआउट जारी गरिएको थियो । जसमा शरीफले विभिन्न परियोजनाहरूमा लागि मन्त्रीहरू र अधिकारीहरूलाई निर्देशन दिएको बताइएको छ । तर ७४ वर्षीय शरीफले हाल कुनै आधिकारिक पद धारण गरेका छैनन् । अहिले उनी राष्ट्रिय सभाका सदस्य मात्र हुन् । यस्तो अवस्थामा बैठकको अध्यक्षता उनले गर्नुले धेरै प्रश्न उब्जाएका छन् । गत महिना सम्पन्न आमचुनावमा नवाज शरीफ चौथो पटक पाकिस्तानको प्रधानमन्त्री हुने भनिएको थियो । तर उनको पार्टीले सरकार गठनका लागि आवश्यक पर्याप्त सिट पाएन ।
आम निर्वाचनमा पूर्व क्रिकेटर तथा प्रधानमन्त्री इमरान खानको पार्टी पाकिस्तान तहरीक–ए–इन्साफ (पीटीआई)ले समर्थन गरेको स्वतन्त्र उम्मेदवारले सबैभन्दा बढी सिट जिते । गठबन्धनको सरकार बनाउनु पर्ने भएपछि शरीफ प्रधानमन्त्री बनेनन् । पार्टीले बिलावल जरदारी भुट्टोको पाकिस्तान पिपुल्स पार्टीसहित अन्य पाँच दलहरूसँग मिलेर गठबन्धन सरकार गठन गर्यो । गठबन्धनको सरकार चलाउन माहिर भन्दै शरीफका कान्छा भाइ शहबाज शरीफलाई प्रधानमन्त्री बनाइयो । शरीफकी ५० वर्षीया छोरी मरियम नवाज पाकिस्तानको इतिहासमा पहिलो पटक प्रान्तको महिला मुख्यमन्त्री बनिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भूकम्पपछि आत्तिएर भाग्दा सिन्धुपाल्चोकमा एक कैदी घाइते, जिल्ला अस्पतालमा उपचार हुँदै
-
भूकम्पपछि सिन्धुपाल्चोकका सिडिओ भन्छन्-हामी तयारी अवस्थामा छौँ
-
सिन्धुपाल्चोक केन्द्रविन्दु भएर ६.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प
-
भूकम्पको धक्का महसुस
-
सहकारी ठगि : एमालेबाट जिसस प्रमुख निर्वाचित थापासहित २५ जनाविरुद्ध एक अर्ब १३ करोड विगोसहित मुद्दा दायर
-
ट्याङ्की निर्माण भएको पाँच वर्ष, प्रयोग नहुँदै जीर्ण