बहुमत जुटाउन महिन्द्र पक्षको हस्ताक्षर अभियान, तस्बिरहरू हेर्नुहोस्

काठमाडौँ । नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष महिन्द्रराय यादव समूहले केन्द्रीय समितिमा बहुमत पुर्याउन हस्ताक्षर अभियान सुरु गरेको छ । अध्यक्ष डा. बाबुराम भट्टराई समूहको सोमबार बसेको बैठकले अध्यक्ष महिन्द्रसहितका नेताहरूलाई पदमुक्त गरेपछि हस्ताक्षर अभियान चलाइएको हो ।
महिन्द्र पक्षधरले मंगलबार नयाँ बानेश्वरमा आकस्मिक केन्द्रीय समिति बैठक बोलाएको छ । नेसपाभित्र बहुमत सदस्य आफूहरूसँग रहेको महासचिव रमेशप्रसाद यादवले दाबी गरे । बाबुरामसहितका नेताहरूलाई कारबाहीको विषयमा पनि बैठकले निर्णय गर्ने उनले बताए ।
‘हामीले हस्ताक्षर गरिरहेका छौँ । निर्वाचन अयोगमा अद्यावधिक भएको केन्द्रीय सदस्यहरूको सङ्ख्या १६७ जना छ । तीमध्ये हाम्रो पक्षमा एक सय जना छन् । साथीहरू आउँदै हुनुहुन्छ । उहाँहरूलाई कारबाही गर्ने विषयमा बैठकले निर्णय गर्छ’, यादवले भने ।
नेसपामा ९ जनाको पदाधिकारी र २४ जनाको केन्द्रीय कार्यकारिणी समिति समेत रहेका छन् । तीमध्ये आफ्नो पक्षमा पदाधिकारीमा ४ जना, कार्यकारिणी समितिमा १२ जना र केन्द्रीय समितिमा सय जना रहेको उनले दाबी गरे ।
सोमबार बसेको बाबुराम समूहको बैठकले माओवादीसँग एकता गर्ने सहमति खारेज गर्दै माघ महिनाभित्र महाधिवेशन गर्ने निर्णय गरेको थियो । सोही बमोजिम केन्द्रीय समितिलाई महाधिवेशन आयोजक समितिमा रूपान्तरण गरेको थियो ।
शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बाबुरामलाई बाइपास गरेर महिन्द्र पक्षधर नेताहरू र माओवादी केन्द्रबिच एकता गर्ने सहमति भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हितेन्द्रदेवलाई ऊर्जामन्त्रीले दिए यस्तो निर्देशन
-
आठ महिनामा ८ अर्ब रुपैयाँ अध्ययनका नाममा विदेश बाहिरियो
-
स्वदेशी उत्पादनको प्रवर्द्धन नै आत्मनिर्भर अर्थतन्त्रको मेरुदण्ड हो – मन्त्री भण्डारी
-
अब ‘लोडसेडिङ’ हुँदैन : उर्जा मन्त्री खड्का
-
गण्डकीका १५ हिमाल आरोहणका लागि खुला
-
रञ्जिताले खोजिन् सीके बराबरको हैसियत