हत्याको योजनाकार महिला १६ वर्षपछि पक्राउ

काठमाडौँ । ललितपुरमा भएको हत्याकाण्डको योजनाकार रहेकी एक महिलालाई नेपाल प्रहरीले १६ वर्षपछि पक्राउ गर्न सफल भएको छ । पक्राउ पर्नेमा धादिङ घर भई हाल ललितपुर महानगरपालिका–२६ ढोलाहिटी बस्ने ४१ वर्षीया सविता थापा (अधिकारी) भन्ने सोभिता थापा रहेकी छन् ।
२०६४ साल असार २६ गते ललितपुरको शंखमुखलमा ललितपुर ईमाडोल घर भएका ३३ वर्षीय धर्मराज विष्टको हत्या भएको थियो । उक्त घटनाको योजना सोभिता थापाले बनाएकी थिइन् ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता उपरीक्षक रवीन्द्र रेग्मीका अनुसार थापाले आफ्नो भाइ विनोद थापासहित तीन जनालाई विष्टमाथि कुटपिट गर्न लगाएकी थिइन् । कुटपिटबाट सख्त घाइते भएका विष्टको उपचारको क्रममा मृत्यु भएको थियो ।
घटनापछि फरार रहेकी थापालाई कार्यालयको टोलीले चैत ५ गते ललितपुरको ढोलाहिटीबाट पक्राउ गर्न सफल भएको थियो । रेग्मीका अनुसार उनलाई थप कारबाहीका लागि जिल्ला अदालत ललितपुरमा बुझाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको अध्ययन प्रतिवेदन सार्वजनिक लेखा समितिमा पेश
-
आईपीएल : मुम्बईको पुनरागमन, लगातार दोस्रो जित
-
लामखुट्टे धपाउन बालेको घुरले आगलागी, पाँच परिवारको विचल्ली
-
हिलो र चिप्लोका कारण दाउन्नेमा यातायात अवरुद्ध
-
एकता महाधिवेशनबाट नेतृत्वका लागि तयार छु : विनोद कुँवर
-
चुनकुमारी हत्या प्रकरण : ६ जना पक्राउ