कांग्रेसले माग्यो गृहमन्त्री लामिछानेको राजीनामा (भिडियो सहित)
काठमाडौँ । सहकारी ठगी प्रकरणमा मुछिएको भन्दै नेपाली कांग्रेसले गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गरेको छ । मंगलबार प्रतिनिधि सभा बैठकमा बोल्दै कांग्रेस सांसद दीपक गिरीले लामिछानेको राजीनामा माग गरेका हुन् ।
पोखराको सूर्यदर्शन सहकारीका पीडितहरूले माघ २२ गते बचतकर्ताहरूले राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछाने र माओवादी विद्यार्थी दीपेश पुन सहित १८ विरुद्ध उजुरी दिएको उनको भनाई छ । ‘दीपेश पुन गिरफ्तार भए पनि रवि लामिछानेजीले अझै ठुलो पद पाउनु भएको छ,’ उनले भने, ‘पीडितहरूले गोर्खा मिडिया प्रालिलगायतलाई विपक्षी बनाएर सप्रमाण उजुरी दिएपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो लामिछानेविरुद्ध अनुसन्धान नै सुरु गरेको उनको भनाई छ ।’
तत्कालीन गृहमन्त्रीले यस विषयमा अनुसन्धान निर्देशन दिए पनि सत्ता समीकरण बदलिएपछि अहिले जोविरुद्ध अनुसन्धान गर्नुपर्ने हो त्यही व्यक्ति गृहमन्त्री बनेको गिरीले आरोप लगाए । ‘जसरी पनि गृह मन्त्रालय नै चाहिन्छ भनेर सरकारमा सामेल हुनुले निष्पक्ष छानबिन प्रक्रियामा बाधा हुने देखिन्छ,’ उनले भने, ‘तसर्थ हामी उहाँको राजीनामा माग गर्दछौँ ।’
उनले स्वार्थको द्वन्द्व हुने गरी प्रधानमन्त्रीले लामिछानेलाई किन गृहमन्त्री नियुक्त गरेको भन्दै प्रश्नसमेत गरे । उनले यस विषयमा प्रधानमन्त्रीले टेलिभिजनमा जवाफ दिएर नपुग्ने बताउँदै संसद्मा जवाफ दिनुपर्ने जिकिर गरे । सहकारी र लघुवित्त पीडितको कुरा आफूहरूले उठाउँदै आए पनि त्यसबारे गम्भीरतापूर्वक अझै सुनुवाइ नभएको उनको गुनासो थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
बुटवलमा त्रिपिण्डी श्राद्ध एवं वास्तु विषयक गोष्ठी
-
निर्माण सामग्रीको अभावमा सिँचाइ आयोजनाको काम सुस्त गतिमा
-
व्यापार छाडेर विदेशतिर, के कारणले टिक्न सकेनन् व्यवसायी ?
-
कोशी प्रदेशमा सवारी दुर्घटना : पाँच महिनामा १९१ को मृत्यु, ३२७ जना गम्भीर घाइते
-
संसदीय समितिको निर्णयलाई अवज्ञा गर्दै बागमती सरकार
-
प्रकृति र संस्कृतिको सङ्गम फलामेडाँडा आन्तरिक पर्यटकको रोजाइमा