रावण बन्न १५० करोड भारु लिए यशले

मुम्बई । केजीएफ र केजीएफ २ का स्टार यश अब खलनायक बन्नेछन् । उनी रणवीर कपूर, साई पल्लवी स्टारर फिल्म रामायणमा रावणको भूमिकामा देखिनेछन् ।
दंगल, छिछोरेजस्ता हिट फिल्म बनाएका नितेश तिवारी फिल्मका निर्देशक हुन् । विशेष कुरा के छ भने यशले यो भूमिकाका लागि १५० करोड भारु पारिश्रमिक पाएका छन् । यो हिन्दी सिनेमाको इतिहासमा खलनायकले लिने सबैभन्दा धेरै पारिश्रमिक हो ।
मिडिया रिपोर्टका अनुसार यश केजीएफ ३ को सुटिङमा पनि व्यस्त छन् तर यसका बाबजुद उनले आफ्नो पहिलो बलिउड फिल्मको रुपमा रामायणलाई रोजेका छन् । बलिउडमा एक अभिनेताले खलनायकको रूपमा यति पारिश्रमिक लिनु ठूलो कुरा हो, किनभने अहिलेसम्म यस्तो भएको छैन।
शीर्ष खलनायक प्राणले कुनै जमानमा एक फिल्मका लागि ६ सय रुपैयाँ पाएका थिए । त्यो अवधिमा कुनै खलनायकले पाएको त्यो सबैभन्दा बढी पारिश्रमिक थियो । रिपोर्टका अनुसार यशले रणवीर सिंह, सञ्जय दत्त, कमल हसन, विजय सेतुपति, इमरान हाश्मी र सैफ अली खान जस्ता स्टारको रेकर्ड तोडेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
छैटौँ दिन पनि नेप्से परिसूचक सामान्य अंकले सुधार, ११ अर्ब बढीको कारोबार
-
नेपालीले आवश्यकताभन्दा ४ गुणा बढी नुन खाइरहेका छन् : महर्जन
-
सुर्खेतमा ‘तरल नाइट्रोजन प्लान्ट’ बन्दै
-
पुलिसलाई हराउँदै आर्मी केपी ओली कपको सेमिफाइनलमा
-
महाशिवरात्रीको ट्राफिक व्यवस्थापनमा ८९० जना ट्राफिक प्रहरी खटिने, कहाँ-कहाँ छ पार्किङ सुविधा ?
-
ट्रम्पको कार्यकारी आदेशले यूएसएडका तीन कार्यक्रम रोकिए : अर्थ मन्त्रालय