‘महाजात्रा’ सेन्सर पास, शुक्रबारदेखि प्रदर्शनमा आउने
_MmTvp7lZhM.jpg)
काठमाडौँ । फिल्म ‘महाजात्रा’ सेन्सर पास भएको छ । केन्द्रीय चलचित्र जाँच समितिले फिल्मलाई हेर्दै ‘यू’ अर्थात् युनिभर्सल प्रमाणपत्र दिँदै सबैका लागि खुला गरेको हो ।
आगामी शुक्रबारदेखि देशभर एकसाथ प्रदर्शनमा आउन लागेको फिल्मका लेखक तथा निर्देशक प्रदीप भट्टराई हुन् । फिल्मले मनोरञ्जनसँगै सन्देश दिने भएकाले यो सम्पूर्ण वर्गका दर्शकलाई लक्षित गरेर तयार गरिएको प्रदीपले बताए ।
फिल्ममा हरिवंश आचार्य, विपिन कार्की, रविन्द्रसिंह बानियाँ, वर्षा राउत, अर्जुनजंग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रवीण खतिवडा, दिव्यदेव, सुमन कार्की, शिशिर बाङ्देल, गौमाया गुरुङ, अरविन खड्का लगायतको अभिनय छ ।
म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेल निर्माता रहेको फिल्मका जित बहादुर रुवाली एसोसियट निर्देशक, पुरुषोत्तम प्रधान छायाकार, कुमार महर्जन द्वन्द्व निर्देशन, कविराज गहतराज नृत्य निर्देशक, आशिष अविरल र काली प्रसाद बाँस्कोटा सङ्गीतकार रहेका छन् ।
रवीन्द्रसिंह बानियाँ कार्यकारी निर्माता रहेको फिल्ममा अभिनेता हरिवंश आचार्यले भ्रष्ट नेताको भूमिका निर्वाह गरेका छन् । नकारात्मक भूमिकाले पर्दामार्फत सकारात्मक संदेश दिने निर्माण युनिटले बताएको छ ।
फिल्म नेपालसँगै विश्वभरका विभिन्न स्थानमा पनि शुक्रबारदेखि नै प्रदशर्नमा आउने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युद्ध अन्त्य ‘निकै टाढा’ भनी जेलेन्स्कीले दिएको अभिव्यक्तिमाथि खनिए ट्रम्प
-
आफ्नै जमिन नहुनेहरुका लागि अल्लो बन्यो उद्यम
-
विराट गोल्डकप फुटबलः पहिलो खेलमा मोरङ एफए विजयी
-
१२ बजे, १२ समाचार : महान्यायाधिवक्ता कार्यालयले दिएन रेखा शर्मा प्रकरणको सूचनादेखि हृदयाघात भएका पूर्वयुवराज पारस शाह आइसीयुमासम्म
-
केपी ओली कप फुटबल : मछिन्द्रका सनिश सर्वोत्कृष्ट खेलाडी
-
नेपाली जनप्रगतिशील मञ्च जापानको साधारणसभा तय