आईसीपी निर्माणसँगै रेल सेवा विस्तार गर्न आग्रह
बुटवल । रुपन्देहीको सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीले मालवाहक रेल सेवा एकीकृत भन्सार जाँच चौकी (आईसीपी) सम्मै विस्तार गर्न आग्रह गरेको छ । संघले भारतका केन्द्रीय वित्त राज्यमन्त्री पंकज चौधरीलाई भेटेर व्यापार सहजीकरणका लागि रेल सेवा नौतनवा रेलवे स्टेसनदेखि आईसीपीसम्मै विस्तार गर्न आग्रह गरेको हो ।
‘एकीकृत जाँच चौकी नेपाल भारत सीमा नाका अन्तर्गत भैरहवा–सुनौलीमा निर्माणाधीन रहेको यहाँलाई अवगतै छ, केही दुरीमै रहेको आईसीपी क्षेत्रसम्म रेल सेवा विस्तार गर्न हामी आग्रह गर्दछौँ, ’संघले राज्यमन्त्री चौधरीलाई बुझाएको पत्रमा उल्लेख छ ।
त्यस्तै भारत सरकारले कृषिजन्य वस्तुको निर्यात शुल्कमा लिँदै आएको अतिरिक्त करमा छुट प्रदान गर्न पहल गरिदिन समेत आग्रह गरिएको सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीका अध्यक्ष ठाकुर कुमार श्रेष्ठले बताए । खुल्ला सीमाका कारण अवैध लागूऔषध ओसारपसार बढ्दै गएकाले बोर्डर सेक्रुयटी फोर्स (बीएसएफ)लाई तोकिएको चेकपोइन्ट भन्दा बाहिर पनि निगरानीलाई बढाउन आग्रह गरेको छ ।
नेपालको भैरहवा, नेपालगन्ज लगायतका ठाउँमा अहिले आईसीपी निर्माणको काम चलिरहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पढ्नलाई छेकेन उमेरले, ४४ वर्षीय परियार भानुभक्तमा ब्याचलर भर्ना
-
प्रधानमन्त्री ओलीको गृह जिल्ला झापामा थपियो पाँचतारे होटल
-
मध्यराति कालिकोटमा भूकम्पको धक्का
-
विद्युत प्राधिकरणको हेटौंडास्थित जिन्सी व्यवस्थापन शाखाबाट ११ करोडको सामान गायब
-
१२ बजे, १२ समाचार : बयानमा रविले गरे २६ प्रश्नको सामनादेखि रास्वपाद्वारा बालेनसँग सम्वाद गरेको स्वीकारसम्म
-
नासाको ‘पार्कर सोलार प्रोब’ सूर्यको सबैभन्दा नजिक पुग्यो