कृष्णबहादुर महरा अस्पताल भर्ना

काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष एवं पूर्वसभामुख कृष्णबहादुर महरालाई थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको छ ।
जिल्ला अदालत काठमाडौँले सुन तस्करी प्रकरणमा पक्राउ परेका महराको उपचारको व्यवस्था गर्न आदेश दिएसँगै उनलाई नर्भिकमा भर्ना गरिएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)का प्रवक्ता एसपी होविन्द्र बोगटीले जानकारी दिए ।
सोमबार प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले महरालाई पक्राउ गरेर उनलाई हिरासतमा राख्न अनुमति माग गर्दै काठमाडौँ जिल्ला अदालत पेस गरेको थियो ।
जिल्ला अदालत काठमाडौँले उनलाई ४ दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिँदै स्वास्थ्य अवस्थाका कारण अस्पतालमा राख्न आदेश दिएको थियो । अदालतमा महराले आफूले विभिन्न ८ प्रकारका औषधि खाँदै आएको र स्वास्थ्य अवस्था ठिक नभएकाले अस्पतालमा बस्नुपर्ने आवश्यकता रहेको बताएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
घट्दो कोदो खेतीको अवस्थामा रक्सी ब्रान्डिङ कत्तिको सम्भव ?
-
अर्घाखाँचीमा जिप दुर्घटना : २ जनाको मृत्यु, २ जना घाइते
-
शिक्षकहरूले आज सिट्ठी फुकेर प्रदर्शन गर्दै
-
अफगानिस्तानबाट पाँच लाख अमेरिकी हतियार ‘गायब’, अल कायदाको हातमा परेको आशंका
-
राष्ट्रपतिद्वारा सेतो मच्छेन्द्रनाथको दर्शन
-
यस्तो छ आज सागसब्जी र फलफूलको मूल्य