बाबुराम पक्षले जिम्मेवारी मुक्त गरेपछि महिन्द्र पक्षले बोलायो आकस्मिक केन्द्रीय समिति बैठक
सोमबार, ०५ चैत २०८०, २० : १९

काठमाडौँ । नेपाल समाजवादी पार्टी (नेसपा) मा अध्यक्ष डा बाबुराम भट्टराई पक्षले माओवादी केन्द्रसँग एकता प्रक्रियामा जाने नेताहरूलाई पदमुक्त गरेपछि अर्का अध्यक्ष महिन्द्र राय यादव पक्षधरले आकस्मिक बैठक बोलाएका छन् ।
सोमबार बसेको नेसपाको केन्द्रीय समिति बैठकले अर्का अध्यक्ष महिन्द्र राय यादव, सहअध्यक्ष गंगानारायण श्रेष्ठ, महासचिव रमेशप्रसाद यादव लगायत नेताहरूलाई पदमुक्त गरेको थियो । उक्त निर्णयप्रति आपत्ति जनाउँदै महिन्द्र पक्षले मंगलबार केन्द्रीय समितिको आकस्मिक बैठक बोलाएको हो ।
बैठक बिहान ११ बजे नयाँ बानेश्वरमा बस्ने महासचिव यादवले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मिसन ०८४ मा हेरौँला, एमाले बिनाको नेपाल हुन्छ कि के बिनाको : प्रधानमन्त्री ओली
-
अप्रिलको पलेँटीमा प्रस्तुत हुँदै संगीता
-
सिरहामा कटुवा पेस्तोलसहित दुई भारतीय नागरिक पक्राउ
-
वर्षायाममा मेलम्ची खानेपानी बन्द हुँदैन: मन्त्री यादव
-
शिक्षामन्त्रीको राजीनामा र देउवा थाइल्याण्ड भ्रमणबारे बोले प्रधानमन्त्री
-
कक्षा १२ को परीक्षामा सहभागी नहुन शिक्षक महासङ्घको अनुरोध