आगामी माघमा महाधिवेशन गर्ने नेसपाको निर्णय

काठमाडौँ । नेपाल समाजवादी पार्टी(नेसपा)ले आगामी माघमा महाधिवेशन गर्ने निर्णय गरेको छ । सोमबार काठमाडौँको जडिबुटीमा बसेको केन्द्रीय समिति बैठकले विद्यामान केन्द्रीय समितिलाई महाधिवेशन आयोजक समितिमा रूपान्तरण गरी आगामी माघमा महाधिवेशन गर्ने निर्णय गरेको केन्द्रीय सदस्य कृष्णप्रसाद शर्माले जानकारी दिए ।
त्यसका लागि प्रदेश र पालिकाको सम्मेलन गर्ने निर्णय भएको उनले जानकारी दिए । त्यसैगरी बैठकले पुराना शक्तिबाट देशले निकास नपाउने भन्दै नयाँ वैकल्पिक समाजवादी क्रान्तिको नेतृत्व नेसपाले गर्न सक्ने निष्कर्ष निकालेको छ । यस्तै माओवादी केन्द्रसँग एकता प्रक्रियामा गएका नेताहरूको जिम्मेवारीबाट मुक्त गरिएको छ ।
‘कांग्रेस, एमाले, माओवादी जस्ता पुराना शक्तिहरू राजनीतिक गोलचक्करमा फसेका छन् । ती शक्तिहरू सुशासन, सामाजिक न्याय, समृद्धि दिन सक्दैनन् । यो बैठकको निष्कर्ष हो’, बैठकबारे जानकारी दिँदै शर्माले भने, ‘बैठकले जो व्यक्तिहरू पार्टी अनुशासन बाहिर गएर विज्ञप्ति जारी गरे, तिनीहरूलाई पदमुक्त गरिएको छ । आगामी माघमा महाधिवेशन गर्नेगरी प्रदेश, जिल्ला र पालिकाको अधिवेशन गर्ने, तत्काल जनजीविकाको मुद्दाहरू लिएर जनतामा जाने निर्णय भएको छ ।’
यस्तै बैठकले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको मुद्दा अगाडि बढाउने निर्णय भएको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रातोपाटी ब्रिफिङ : कुलमानबारे मन्त्रिपरिषद् बैठक अनिर्णितदेखि राजावादीले ‘हल्लाए गणतन्त्रको जग’सम्म
-
निषेधाज्ञाको निर्णयपछि राजेन्द्र लिङ्देनको प्रतिक्रिया– गणतन्त्रको जग हल्लिएछ !
-
अनुचित लेनदेन जाँचबुझ आयोग गठन, चिया विकास बोर्डमा पाण्डे नियुक्त
-
कुलमानबारे मन्त्रिपरिषद् बैठक अनिर्णित, राजावादीको सक्रियताबारे छलफल
-
स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकमा रघुराज काफ्ले नियुक्त
-
अरुण प्रवेशमार्ग छुट मुआब्जा वितरण पुनः सुरु