महिला कर्मचारीमाथि दुर्व्यवहार गर्ने राष्ट्र बैंकका आचार्य बर्खास्त
सोमबार, ०५ चैत २०८०, १८ : १६

काठमाडौँ । नेपाल राष्ट्र बैंकको टक्सार महाशाखाका प्रमुख थानेश्वर आचार्य बर्खास्त भएका छन् । बैंकको महिला कर्मचारीलाई दुर्व्यवहार गरेको अभियोगमा आचार्यलाई बर्खास्त गरिएको प्रवक्ता डिल्लीराम पोखरेलले रातोपाटीलाई जानकारी दिए ।
एक सार्वजनिक कार्यक्रममा बैंकको कर्मचारीलाई अभद्र व्यवहार गरेको भन्दै आचार्यमाथि छानबिन भएको थियो । आन्तरिक अनुसन्धानबाट आचार्यको बयान लिइएकोमा चित्त बुझ्दो जवाफ नमिलेपछि उनलाई नेपाल राष्ट्र बैंक कर्मचारी नियमावली अनुसार बर्खास्ती गरिएको प्रवक्ता पोखरेलले जानकारी दिए । उनको बर्खास्ती भोलि मंगलबारदेखि लागू हुने समेत उनले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आन्दोलन र वार्ता सँगसँगै अघि बढाउने शिक्षक महासंघको निर्णय
-
डिजिटल बोर्डहरू ह्याक हुनबाट जोगिन के गर्ने ?
-
एलओडीलाई अन्तर्राष्ट्रिय बजारमा लैजाने योजना छ – निर्देशक कुँवर
-
काठमाडौँ महानगरभित्रका संस्थागत विद्यालयहरुबाट प्रदान गरिने छात्रवृत्तिमा यस्तो निर्णय
-
पोखरा विमानस्थलको छानबिन प्रतिवेदनमा एमाले सांसदले किन गरेनन् हस्ताक्षर ?
-
शिक्षक महासंघ र शिक्षामन्त्रीबिच वार्ता सुरु