नेसपाको केन्द्रीय समिति आयोजक समितिमा रूपान्तरण

काठमाडौँ । नेपाल समाजवादी पार्टी(नेसपा)ले वर्तमान केन्द्रीय समिति भङ्ग गरी महाधिवेशन आयोजक समितिमा रूपान्तरण गरेको छ । आयोजक समितिको संयोजक डा.बाबुराम भट्टराई रहेका छन् । सोमबार काठमाडौँको जुडिबुटीमा बसेको बैठकमा महाधिवेशनको तयारी सम्बन्धमा छलफल भइरहेको केन्द्रीय सदस्य कृष्णप्रसाद शर्माले जानकारी दिए ।
‘केन्द्रीय समितिलाई महाधिवेशन आयोजक समितिमा रूपान्तरण गरिएको छ । बाँकी विषय छलफल हुँदै छ’, उनले भने । नेसपाको आइतबार बसेको केन्द्रीय कार्यकारिणी समिति बैठकले अर्का अध्यक्ष महिन्द्र राय यादव समूहको जिम्मेवारी खोस्ने निर्णय गरेको थियो । सो बैठकले माओवादीसँगको एकता खारेज गरेको थियो ।
यस्तै बैठकले सङ्गठन सुदृढीकरण र महाधिवेशनको तयारी लगायत एजेन्डा तय गरेको थियो । शनिबार महिन्द्र समूहले माओवादी केन्द्रसँग एकता गर्ने सहमति गरेपछि बैठकले केन्द्रीय समितिलाई आयोजक समितिमा रूपान्तरण गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रातोपाटी ब्रिफिङ : कुलमानबारे मन्त्रिपरिषद् बैठक अनिर्णितदेखि राजावादीले ‘हल्लाए गणतन्त्रको जग’सम्म
-
निषेधाज्ञाको निर्णयपछि राजेन्द्र लिङ्देनको प्रतिक्रिया– गणतन्त्रको जग हल्लिएछ !
-
अनुचित लेनदेन जाँचबुझ आयोग गठन, चिया विकास बोर्डमा पाण्डे नियुक्त
-
कुलमानबारे मन्त्रिपरिषद् बैठक अनिर्णित, राजावादीको सक्रियताबारे छलफल
-
स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकमा रघुराज काफ्ले नियुक्त
-
अरुण प्रवेशमार्ग छुट मुआब्जा वितरण पुनः सुरु