माओवादीले बोलायो पदाधिकारी बैठक
सोमबार, ०५ चैत २०८०, १७ : ५६

काठमाडौँ । सत्तारुढ दल माओवादी केन्द्रले पदाधिकारी बैठक बोलाएको छ । पदाधिकारी बैठक मंगलबार बिहान ८ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको सचिव दीनानाथ शर्माले जानकारी दिए । तर बैठकको एजेन्डाबारे उनले अनविज्ञता प्रकट गरे । यस्तै प्रवक्ता अग्निप्रसाद सापकोटाले पछिल्लो राजनीति घटनाक्रम र नेताहरूको जिम्मेवारी सम्बन्धमा छलफल हुनसक्ने बताए ।
‘नेताहरूको जिम्मेवारी, पछिल्लो राजनीतिक घटनाक्रम, आगामी जागरण अभियान लगायत विषयमा छलफल हुनसक्छ तर एजेन्डा अहिलेसम्म तय भएको छैन’, रातोपाटीसँग सापकोटाले भने । सुन प्रकरणमा जोडिएका उपाध्यक्ष कृष्णबहादुर महरा सोमबार पक्राउ परेपछि बस्न लागेकोले याे बैठकलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
किसानको बक्यौता भुक्तानी गर्न दुग्ध उत्पादक सहकारीको आग्रह
-
घर सजाउने सौखले रोपेको फूल बन्यो आम्दानीको स्रोत
-
१२ बजे, १२ समाचार : ताप्लेजुङमा हट्यो निषेधाज्ञादेखि प्रकृति लम्साल मृत्यु प्रकरणको थप जानकारीसम्म
-
हट्यो ताप्लेजुङमा जारी निषेधाज्ञा
-
मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक, के–के छन् नयाँ व्यवस्था (पूर्णपाठसहित)
-
पशुपतिमा चुस्त सुरक्षा व्यवस्थापन : महँगा गहना लगाएर नआउन अनुरोध