बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय
१४ किलो सुन तस्करी प्रकरण

जीवनकुमार गुरुङ १५ लाख धरौटीमा रिहा

सोमबार, ०५ चैत २०८०, १७ : १०
सोमबार, ०५ चैत २०८०

काठमाडौँ । १४ किलो सुन तस्करीमा संलग्न आरोपमा पक्राउ परेका जीवनकुमार गुरुङ धरौटीमा रिहा भएका छन् । जिल्ला अदालतको आदेशमा उनि १५ लाख धरौटीमा रिहा भएको जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँका प्रमुख सन्देश श्रेष्ठले रातोपाटीलाई बताए ।

त्रिभुवन बिमानस्थल भन्सार कार्यालयले गुरुङसँग १ अर्ब ४० करोड बिगो मागदावी लिएर मुद्दा दायर गरेको थियो । जिल्ला अदालत काठमाडौँका न्यायाधीश जीवनप्रसाद उपाध्यायले उनलाई रिहा गर्न आदेश गरेका हुन् ।

गोरखा बारपाक घर भएका ४५ वर्षीय चन्द्र घलेले दुबईबाट ल्याएको १४ किलो सुनमा गुरुङ्गको ‘कनेक्सन’ देखिएपछि केन्द्रीय अनुसन्धान ब्युरोले उनलाई पक्राउ गरेको थियो । गुरुङ डिल्लीबजारमा सञ्चालित प्लाटिनम कलेजका प्रमुख कार्यकारी अधिकृत हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप