२२–२३ खर्बको बजेट ल्याएर तीव्र गतिमा विकास गर्नुपर्छ : सांसद आले
काठमाडौँ । नेकपा एकीकृत समाजवादी पार्टीका नेता एवम् प्रतिनिधिसभाका सांसद प्रेम आलेले सरकारलाई २२ देखि २३ खर्बको बजेट ल्याउन आग्रह गरेका छन् । हाल १६–१७ खर्बको बजेट ल्याउने गरिएकोमा यसले विकासका गतिविधि अघि बढाउन अपुग भएको भन्दै सरकारले २३ खर्ब बढीको बजेट ल्याएर विकासलाई तीव्र गति दिनुपर्ने उनले बताए ।
पूर्वमन्त्री समेत रहेका उनले सोमबारको प्रतिनिधिसभा बैठकमा बोल्दै भने, ‘१७ खर्बको बजेट होइन अब कम्तीमा २२–२३ खर्ब बजेट ल्याउनुपर्छ । अनि मात्र धेरै क्षेत्रमा विकासका गतिविधि अघि बढाउन सकिन्छ ।’ तथापि, यता भने सरकारले साढे १७ खर्बको बजेट ल्याउँदा सो समेत खर्च गर्न नसकेर खर्चको लक्ष्य घटाउनुपरेको छ ।
सरकारले चालु आर्थिक वर्षको अर्धवार्षिक समीक्षामार्फत विनियोजित बजेटको २ खर्ब २१ अर्ब रुपैयाँ खर्च लक्ष्य घटाएको छ । चालु आर्थिक वर्षका लागि सरकारले कूल १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँको अनुमानित बजेट ल्याएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माल्टामा नेपालको पर्यटन प्रवर्द्धन गर्ने पहल, ‘नेपाल डे’ मनाइँदै
-
पतिबाट बच्चा नहुने भएपछि जेठाजुसँग शारीरिक सम्बन्ध राख्न दबाब
-
टिकापुर बहुमुखी क्याम्पसमा नेविसंघका साउँद अध्यक्षमा विजयी
-
तीनकुने घटना : थप तीन जना प्रहरी नियन्त्रणमा
-
मुम्बई आक्रमणका अभियुक्त तहव्वुर राणाको सुपुर्दगी सफल : एनआईए
-
नयाँ वर्षमा सुनराको स्कुटर किन्दा ६० हजारसम्म छुट