आइतबार, २० असोज २०८१
ताजा लोकप्रिय

बजेटको सिद्धान्त र प्राथमिकता पुनर्लेखन गरौँ : सांसद बास्कोटा

सोमबार, ०५ चैत २०८०, १६ : ०३
सोमबार, ०५ चैत २०८०

काठमाडौँ । नेकपा एमालेका नेता एवम् सांसद गोकुल बास्कोटाले विनियोजन विधेयक, २०८१ को सिद्धान्त तथा प्राथमिकता पुनर्लेखन गर्न अर्थमन्त्री वर्षमान पुनलाई सुझाव दिएका छन् । पूर्वअर्थमन्त्री डा.प्रकाशशरण महतले ल्याएको सिद्धान्त तथा प्राथमिकतामाथि छलफल गर्नुभन्दा पहिला यसैलाई मानेर जाने कि अर्को चाहिने हो पहिलो स्पष्ट हुनुपर्ने उनले बताए । 

‘अर्थमन्त्री ज्यूले यहीँ सिद्धान्त तथा प्राथमिकतालाई अपनत्तो लिने हो कि अर्को चाहिने हो ?’ प्रश्न गर्दै सांसद बास्कोटाले भने, ‘यसैलाई मानेर जाने हो भने त कुरै अर्को भयो । यसले समाजवाद होइन पुँजीवादको पक्षपोषण गरेको स्पष्ट छ । होइन भने, विनियोजन विधेयकको सिद्धान्त तथा प्राथमिकता पुनर्लेखन गर्न म अर्थमन्त्री ज्यूलाई सुझाव दिन्छु । यो सिद्धान्त तथा प्राथमिकता टुहुरो मात्र होइन बेवारिसे नै भयो ।’

नव गठित सत्ता गठबन्धनलाई यो वा त्यो बहानामा सुस्त हुने छुट नभएको भन्दै सांसद बास्कोटाले बाटो र लक्ष्य यकिन गरेर काममा लाग्न आग्रह गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप