समाचार
दुर्गा प्रसाईँका सुरक्षा गार्डको साथबाट हतियार र १०० राउण्ड गोली बरामद
सोमबार, ०५ चैत २०८०, १५ : ५८

काठमाडौँ । प्रहरीले राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाअभिानका संयोजक दुर्गा प्रसाईँका निजी सुरक्षा गार्डको साथबाट हतियार र १०० राउण्ड गोली बरामद गरेको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले प्रसाईँका सुरक्षा गार्ड दीपक खड्कालाई राम शाहपथस्थित सर्वोच्च अदालत नजिकैबाट पक्राउ गरिएको जनकारी दिए ।
यस्तै उनीसँगै प्रहरीले राजकुमार धिमाललाई पनि पक्राउ गरेको छ । खड्काको साथबाट जीएसजी ५ जर्मन सेमि अटोमेटेड हतियार बरामद भएको अधिकारीले जानकारी दिए । यस्तै त्यसमा लाग्ने १०० थान गोली बरामद भएको उनको भनाइ छ । प्रहरीले यसबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तनहुँको छिम्केश्वरीमा मोनोरेलको सम्भाव्यता अध्ययन शुरु
-
युरोपियन युनियनका राजदूत लोरेन्जो र ललितपुर महानगरका मेयर चिरिबाबुबीच भेट
-
१२ बजे, १२ समाचार : तीनकुने घटनामा संलग्न १२ जना थुनामुक्तदेखि १० रुपैयाँ भारु प्रतियुनिटमा पनि पाइएन विजुलीसम्म
-
भीम रावलको प्रश्न : महेश बस्नेत र पूर्णबहादुरको कुराको छानबिन हुनुपर्दैन ?
-
मनमोहन स्मृति क्रिकेट : त्रिभुवन आर्मी फाइनलमा
-
खुल्न थाले सामुदायिक विद्यालय