बजेटको प्राथमिकता शिक्षा र स्वास्थ्य बन्नुपर्छ : सांसद भण्डारी

काठमाडौँ । नेपाली कांग्रेसका नेता एवम् प्रतिनिधि सभाका सांसद चन्द्र भण्डारीले बजेटको प्राथमिकता शिक्षा र स्वास्थ्य हुनुपर्ने बताएका छन् ।
सोमबार जारी प्रतिनिधि सभाको विनियोजन विधेयक, २०८१ को सिद्धान्त तथा प्राथमिकता (कर बाहेक) माथिको छलफलमा बोल्दै सांसद भण्डारीले शिक्षा र स्वास्थ्य क्षेत्रको सुधार विना मुलुक बन्न नसक्ने ठोकुवा गरे ।
‘शिक्षा विना कुनै मुलुक बनेको छ ?’ प्रश्न गर्दै सांसद भण्डारीले शिक्षित र स्वस्थ जनशक्तिको उत्पादनमा पहिला नलाग्ने हो भने मुलुकले कहिल्यै विकास नपाउने ठोकुवा गरे । जबसम्म शिक्षा र स्वास्थ्यमा निजी क्षेत्रको हालीमुहाली चल्छ तबसम्म मुलुकमा सुधार नआउने बताए । यसका लागि सरकारले बजेटमार्फत नै विशेष व्यवस्था गरेर शिक्षा र स्वास्थ्यमा सरकारको नेतृत्व हुनुपर्ने बताए ।
तर, प्रस्तावित बजेटको सिद्धान्त तथा प्राथमिकतामा सरकारले कुनैपनि शैक्षिक तथा स्वास्थ्य क्षेत्रको सुधारका कार्यक्रम ल्याउन नसकेको उनले तर्क गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकाको नयाँ कीर्तिमान : दुई मिसन एउटै रकेटमा
-
दुई जना डीएसपी एसपीमा बढुवा सिफारिस
-
चीनको हरियाली अभियान : ४४ लाख ५० हजार हेक्टर वन वृक्षारोपण
-
१० बजे १० समाचार : सदनमा लफडा, क्याम्पसमा तोडफोड
-
राज्यको अगुवाइमा निजी क्षेत्रको विकास गर्नुपर्छ : अध्यक्ष भट्टराई
-
एमाले निकट विद्यार्थी संगठनद्वारा सुर्खेत बहुमुखी क्याम्पसमा तोडफोड, निर्वाचन स्थगित