बिमस्टेक सार्कको प्रतिस्थापन हुन सक्दैन : परराष्ट्रमन्त्री श्रेष्ठ (भिडियो सहित)

काठमाडौँ । उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले बिमस्टेकले सार्कलाई प्रतिस्थापन नगर्ने बताएका छन् ।
सोमबार प्रतिनिधि सभा बैठकमा बिमस्टेक वडापत्रमाथिको छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ दिँदै मन्त्री श्रेष्ठले सार्कको सट्टामा बिमस्टेकलाई स्वीकार गरिएको होइन भनी प्रष्ट पारेका हुन् । उनले बिमस्टेक सार्कको प्रतिस्थापन हुन नसक्ने स्पष्ट पारे ।
परराष्ट्रमन्त्री श्रेष्ठले सार्कको औचित्य र आवश्यकताका बारेमा नेपालको दृष्टिकोण र धारणा कायम रहेको बताए । उनले सार्कलाई पुनः क्रियाशील बनाउन सरकारले प्रयत्न गरिरहेको पनि बताए ।
उनले भने,‘सार्कको औचित्य र आवश्यकताका बारेमा नेपालको दृष्टिकोण र धारणा कायम छ । बिमस्टेक सार्कको प्रतिस्थापन हुन सक्दैन । सार्कको सट्टामा बिमस्टेकको रुपमा हामीले यसलाई स्वीकार गरेका होइनौँ । हामीले यस रुपमा लिँदैनौँ । सार्कको महत्त्व आफ्नो ठाउँमा छ । र सार्कलाई पुनः क्रियाशील गराउन र यसको सम्मेलनको आयोजना गर्न नेपाल सरकारले गरिरहेको प्रयत्नलाई अझ प्रभावकारी रुपमा अगाडी बढाउन सरकार लागिपर्ने विश्वास सदनलाई दिन चाहन्छु । सार्कको औचित्य र आवश्यकता अनि महत्वलाई बिमस्टेकले प्रतिस्थापन गर्न सक्दैन भन्ने सरकारको स्पष्ट दृष्टिकोण छ । सार्कलाई क्रियाशील बनाउन, सम्मेलन आयोजना गर्न पहल र प्रयत्नलाई अगाडी बढाउन हामी सम्पूर्ण प्रयत्न गर्ने विश्वास स्पष्ट पार्न चाहन्छु ।’
परराष्ट्रमन्त्री श्रेष्ठले बिमस्टेकबाट नेपालले लाभ प्राप्त गर्नेगरी अगाडि बढ्ने कुरामा सरकार सकारात्मक रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखरामा निर्माण भएको गोदामघर प्रदेशलाई हस्तान्तरण
-
औद्योगिक ग्रामका लागि विधिवत् ढङ्गले अध्ययन भएको देखिएन : मन्त्री तामाङ
-
कपिलवस्तुमा शुद्धोधन गाउँपालिका अध्यक्ष चौधरीलाई लक्षित गरेर गोली प्रहार
-
किन घोषणामै सीमित भए औद्योगिक ग्राम ?
-
हेटौँडा सिमेन्ट उद्योग पुनः सञ्चालनमा
-
‘अभिमन्यु’को मुख्य कलाकारमा कामेश्वर पनि