थप २५२ जना केयरगिभर इजरायल जाने

काठमाडौँ । इजरायलले थप २५२ जना केयरगिभर लैजाने भएको छ । जी–टु–जी मार्फत इजरायलले लक्की ड्रमार्फत छनौटमा नपरेकाहरूलाई समेत लैजान लागेको हो । यसअघि इजरायलका रोजगार केन्द्रहरूमा स्वास्थ्य सहायकको रुममा काम गर्न १ हजार ६०० जना छनौटमा परेका थिए ।
तीमध्ये लक्की ड्रमार्फत एक हजार १७५ जना छनोट गरेका थिए । २०७८ को माघबाट कामदारहरू इजरायल जान सुरु भएको थियो । दुई वर्ष लगाएर छनौटमा परेकाहरू इजरायल पुगेका हुन् । लक्की ड्रबाट छनोटमा नपरेका ४२५ जनालाई लैजान नेपालले इजरायललाई ताकेता गरेको थियो ।
इजरायलले नयाँ कामदार लैजाने प्रस्ताव गर्दा नेपालले ४२५ जनालाई पहिला लैजानुपर्ने अडान लिँदै आएको थियो । सोही आधारमा इजरायल उनीहरूलाई लैजान तयार भएको थियो । इजरायल जानको लागि २५२ जना सम्पर्कमा आएका थिए । उनीहरूलाई यतिबेला पूर्व प्रस्थान अभिमुखीकरण तालिम सञ्चालन गर्न लागिएको वैदेशिक रोजगार विभागले जनाएको छ ।
विभागका सूचना अधिकारी कविराज उप्रेतीले ४२५ जनामध्ये सम्पर्कमा आएका २५२ जना जान लागेको बताए । उनीहरूलाई यही चैत ६ गते र ९ गते गरी दुई चरणमा पूर्व प्रस्थान अभिमुखीकरण तालिम दिन लागिएको सूचना अधिकारी उप्रेतीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पञ्जाबका लागि नायक बनेका चहलले बनाए नयाँ रेकर्ड
-
कूटनीतिक प्रतिनिधिलाई इलामको पर्यटकीय अनुभव
-
कोशी प्रदेश लगानी सम्मेलन : ५४ वटा परियोजना सोकेसिङ, १ खर्बको एमओयु गर्ने तयारी
-
आफ्ना समुदायका व्यक्तिहरूको रिहाइको माग गर्दै वीरगन्जमा हिन्दुवादी सङ्गठनद्वारा प्रदर्शन
-
बलियो दिल्लीलाई १० वर्षपछि उसैको घरेलु मैदानमा हराउने योजना बुन्दै राजस्थान
-
आगामी बजेटका चुनौती