फागुनमा मात्र उठाइयो सवा २ खर्ब सार्वजनिक ऋण

काठमाडौँ । पछिल्लो फागुन महिनामा सार्वजनिक ऋण थप वृद्धि भएको छ । सरकारले यस महिना आन्तरिकतर्फ १ खर्ब ४६ अर्ब ६४ करोड ७४ लाख रुपैयाँ ऋण भुक्तानी गरेको छ भने बाह्यतर्फ जम्मा २८ अर्ब ८६ करोड ७४ लाख रुपैयाँ भुक्तानी गरेको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जनाएको छ ।
दुवै गरी फागुन महिनामा सरकारले कूल १ खर्ब ७५ अर्ब ५१ करोड ४८ लाख रुपैयाँ भुक्तानी गरेको छ । तर, यसै अवधिमा सरकारले २ खर्ब १८ अर्ब ८६ करोड ६५ लाख रुपैयाँ ऋण उठाएको छ । आन्तरिकतर्फ १ खर्ब ६३ अर्ब ३१ करोड ऋण उठाएको सरकारले यसैअवधिमा बाह्यतर्फ ५५ अर्ब ५५ करोड ६५ लाख रुपैयाँ ऋण उठाएको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जनाएको छ ।
सरकारमाथि २३ खर्ब ८८ अर्बको भुक्तानी दायित्व
सार्वजनिक ऋण व्यवस्थापन पछिल्लो फागुन महिनासम्मको तथ्यांक हेर्दा सरकारमाथि कूल २३ खर्ब ८८ अर्ब २६ करोड ४३ लाख रुपैयाँ पुगेको छ । फागुन मसान्तसम्म तिरेको र थपिएको ऋणबाट यति भुक्तानी बाँकी रहेको हो । कूल ऋणमध्ये ११ खर्ब ८५ अर्ब ५२ करोड ६६ लाख रुपैयाँ आन्तरिकतर्फ र १२ खर्ब २ अर्ब ७३ करोड ७७ लाख रुपैयाँ बाहिरतर्फ भुक्तानी बाँकी रहेको ऋण व्यवस्थापन कार्यालयले जनाएको छ ।
कूल भुक्तानी दायित्व मुलुकको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को तुलनामा ४४ प्रतिशत हाराहारी हो । सार्वजनिक ऋणको आकार बढी भएपनि विकास निर्माण र उचित क्षेत्रमा खर्च हुनुलाई राम्रो मानिन्छ । नेपालको सन्दर्भमा ऋणको आकार बढ्दै जाने तर विकासको गति सुस्त हुनुले ऋणसँगै चिन्ता पनि थपिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सात महिनामा कहाँबाट कति भित्रियो खाद्यान्न ?
-
अमेरिकी विमानस्थलमा यसरी टर्यो अर्को दुर्घटना
-
यी चर्चित क्रिकेटरको खानपिन र व्यायामशैली
-
‘जुगजुग जियो’ अभिनेत्री प्रजक्ताले गरिन् नेपाली युवकसँग विवाह
-
लगातार दुई पटक उपाधि चुम्ने एकमात्र राष्ट्र
-
नेपालमै पढ्न चाहने केआईआईटीमा अध्ययनरत विद्यार्थीलाई आवेदन दिन आह्वान