रुसमा युक्रेनको ड्रोन आक्रमण, दुई जनाको मृत्यु
मस्को । युक्रेनले रुसमाथि आक्रमण गरेको छ । आक्रमणमा परी दुई जनाको मृत्यु भएको छ । रुसी अधिकारीहरूले युक्रेनले क्रास्नोडार क्षेत्रमा रहेको रिफाइनरीमा आक्रमण गर्दा आगलागी भएको बताएका छन् । तर, दमकलले केही समयपछि निभाएको थियो ।
रिफाइनरीमा आगलागी हुँदा एक कर्मचारीलाई हृदयाघात हुँदा उनको मृत्यु भएको हो । अधिकारीहरूका अनुसार युक्रेनले विगत केही दिनदेखि लगातार रुसको रिफाइनरी र तेल भण्डारलाई निशाना बनाउँदै आएको छ ।
रुसी रक्षा मन्त्रालयले रातारात ३५ युक्रेनी ड्रोन खसालेको बताएको छ । तीमध्ये चार ड्रोन मस्कोमा खसालेका थिए । मस्कोका मेयर सर्गेई सोब्यानिनले राजधानीको डोमोडेडोभो एयरपोर्ट नजिकै आइतबार बिहान पाँचौं ड्रोन खसालेको बताए ।
दुई ड्रोन कलुगा क्षेत्रमा र चार ड्रोन यारोस्लाभ क्षेत्रमा खसालेका थिए । अधिकांश युक्रेनी ड्रोन बेल्गोरोड, कुर्स्क र रोस्तोभ क्षेत्रहरू र दक्षिणी क्रास्नोडार क्षेत्र जस्ता युक्रेनको सीमाना क्षेत्रमा खसालेको मन्त्रालयले जनाएको छ ।
गभर्नर व्याचेस्लाभ ग्लाडकोभले आइतबार बिहान बेलगोरोडमा गोलाबारीका क्रममा १६ वर्षीया बालिकाको मृत्यु भएको बताए । सोही क्रममा उनका बुवा घाइते भए । दोस्रो आक्रमणमा एक जनाको मृत्यु भएको छ ।
सोही क्रममा ११ जना घाइते भएका छन् । यसैबीच बेलायतको रक्षा मन्त्रालयले आइतबार रक्षा सचिव ग्रान्ट शाप्सले रुसी मिसाइलको धम्कीका कारण ओडेसाको भ्रमण रद्द गरेको बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पक्राउ परेको १० घण्टा नबित्दै ठगी मुद्दाका अभियुक्त रिहा
-
रेलले ठक्कर दिँदा भारतमा कम्तीमा ७ जनाको मृत्यु
-
जापानमा बर्ड फ्लुको सङ्क्रमण : ५० लाख कुखुरा र चराको मृत्यु
-
सूर्य नेपाल वेस्टर्न ओपन सुरु, निरज शीर्ष स्थानमा
-
प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषमा सशस्त्र प्रहरीको ५१ लाख सहयोग
-
अमेरिकामा ट्रम्पको मनपरी रोक्न के छ तरिका ?