एम्बाप्पेको ह्याट्रिकमा पीएसजीको गोलवर्षा

पेरिस । किलियान एम्बाप्पेको ह्याट्रिकको मद्दतले पेरिस सेन्ट जर्मेनले मोन्टपेलियरमाथि गोल वर्षा गरेको छ । ६–२ गोल अन्तरले जीत हासिल गर्दै पीएसजी लिग वानको शीर्ष स्थानमा १२ अङ्कले अघि बढेको हो ।
खेलमा भिटिन्हाले पीएसजीलाई अग्रता दिलाएका थिए । २२ औँ मिनेटमा एम्बाप्पेले टोलीको अग्रता दोब्बर बनाए । तर अरनाउड नोर्डिन र टेजी साभानियरले गोल गरेपछि मोन्टपेलियर खेलमा फर्कियो ।
दोस्रो हाफको सुरुवातमा गोल गर्दै एम्बाप्पेले पुनः टोलीलाई अग्रता दिलाए । लगत्तै लि कङ–इनले अर्को गोल थपे । ६३ औँ मिनेटमा एम्बाप्पेले ह्याट्रिक पूरा गरे । खेलको अन्त्यमा नुनो मेन्डेसले पीएसजीको गोल सङ्ख्या आधा दर्जन पुर्याए ।
यो सिजन लिगमा एम्बाप्पेले २४ गोल गरेका छन् । उनको यो तेस्रो ह्याट्रिक पनि थियो । २६ खेलबाट पीएसजीको ५९ अङ्क रहेको छ । दोस्रो स्थानमा रहेको ब्रेस्टको ४७ अङ्क छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन तहले छरिएर काम गर्दा नतिजा निस्कन गाह्रो भयो, स्वास्थ्य समस्या समाधानमा मिलेर काम गरौँ : स्वास्थ्य मन्त्री
-
वार्ताका लागि शिक्षकहरूको पर्खाइमा शिक्षामन्त्री
-
रुपन्देहीको बेथरी मर्चवर सडक निर्माण अन्तिम चरणमा
-
भेरी अस्पतालको ओपिडी सेवा सञ्चालनमा
-
क्रियाशील सदस्यता नवीकरण गर्न कांग्रेसले दियो वैशाख मसान्तसम्मको समय
-
शाखा अधिकृत भट्टराईविरुद्धको भ्रष्टाचार मुद्दामा अख्तियारद्वारा सर्वोच्चमा पुनरावेदन