बुधबार, ०९ माघ २०८१
ताजा लोकप्रिय

पुष्प मेलामा १ करोड ५ लाखको कारोबार

आइतबार, ०४ चैत २०८०, २० : ३७
आइतबार, ०४ चैत २०८०

काठमाडौँ । काठमाडौँको भृकुटीमण्डपस्थित पुष्प मेलाको ४९ हजारभन्दा बढीले अवलोकन गरेका छन् । गत बिहीबारदेखि सुरु भएको २५ औँ फ्लोरा एक्पोमा ४९ हजार १ सयले अवलोकन गरेका छन् । मेलामा १ करोड ५ लाख ५० हजार रुपैयाँको कारोबार भएको फ्लोरिकल्चर एशोसिएसन नेपाल (फ्यान) का अध्यक्ष मीन बहादुर तामाङले बताए ।

फ्लोरा एक्स्पोको ५० हजारले अवलोकन गर्ने अनुमान थियो । चार दिनमा करिब एक करोड रुपैयाँको कारोबार हुने आयोजकको अनुमान थियो । लक्ष्यभन्दा कमले अवलोकन गरे पनि कारोबार लक्ष्यभन्दा बढी भएको आयोजकले जनाएको छ । 

फ्यानको आयोजना तथा पुष्प विकास केन्द्रको सह–आयोजनामा सो मेला आयोजना गरिएको हो । मेला अवलोकनकर्ताले सर्वसाधारणले १५० रुपैयाँ र विद्यार्थीले १०० रुपैयाँ प्रवेश शुल्क थियो । 

सो मेलामा फ्लोरा एक्स्पोमा व्यवसायीक स्टल ६० वटा, ल्याण्डस्केपिङ्ग स्टल ३ वटा , अफिसियल स्टल ८ वटा,  प्रतियोगितात्मक प्रदर्शनी १ स्टल र १ वटा फुड स्टलसहित जम्मा ७३ वटा स्टल रहने फ्यान उपाध्यक्ष तथा मेला संयोजक सिताराम पन्तले बताए । 

puspa mela

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप