सुनसरीको बर्जुमा आगलागी, २७ घर जले

विराटनगर । सुनसरीको बर्जु गाउँपालिका–४ स्थित जयनगर टोलमा भएको आगगालीबाट २७ घर जलेका छन् ।
जयनगरस्थित मुस्लिम टोलमा आइतबार दिउँसो ३ बजेपछि स्थानीय बिष्णुदेव पौदारको घरबाट सुरु भएको आगो बस्तीमा फैलिएको थियो । आगलागीबाट बस्तीका अधिकांश घर पूर्णरुपमा जलेको प्रहरीले जनाएको छ । विराटनगरसहित विभिन्न पालिकाबाट पुगेका ६ वटा दमकलले आगलागी नियन्त्रणमा लिएको सुनसरी प्रहरीले जानकारी दिएको छ ।
एकैठाउँमा घरहरू टाँसिएका कारण वस्तीभरी आगो फैलिएको बर्जु ४ का वडाध्यक्ष विनोदबहादुर गुरुङले जानकारी दिए । आगलागी भएका अधिकांश घर फुसका थिए ।
आगलागीबाट कतिपय पशुचौपाया पनि मरेको जनाइएको छ । यस्तै आगलागीमा परेका घरमा रहेका सबै धनमाल जलेको प्रहरीले जनाएको छ । आगलागीमा भएको क्षतिको विवरण संकलन भइरहेको सुनसरी प्रहरीले जानकारी दिएको छ ।
आगलागी पीडितहरूलाई गाउँपालिकाको पहलमा टेन्टको व्यवस्थापन गर्ने कार्य भइरहेको छ भने तत्कालको लागि खाद्यान्न वितरण गर्ने वडाध्यक्ष गुरुङले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन दिनदेखि शिक्षकहरू र शिक्षा मन्त्रालयबिच छलफल, निस्केन निकास
-
कलाकार वत्सगोपाल, जो तन्त्रका विम्बसँग खेलिबस्छन्
-
मकालुमा लेक लागेर चिकित्सकको मृत्यु
-
रचनात्मक पत्रकारिता काउन्सिलको प्राथमिकतामा : अध्यक्ष बस्नेत
-
यस्तो देखियो ‘नरसिंहाः अवतार’ मा नीति शाहको लुक्स
-
कर्फ्युअघि पर्सामा ७० राउण्ड अश्रुग्यास प्रहार, २ राउण्ड हवाइ फायर