शुकदेव गुरुङलाई राष्ट्रिय सहिद घोषणा गर्न माग
बुटवल । राणा शासनको विरुद्ध लड्दा मृत्युवरण गरेको शुकदेव गुरुङलाई सरकारले सहिद घोषणा गर्न ध्यान नपुर्याउनु दुखद भएको भन्दै सहिद घोषणा गर्न सरोकारवालाले माग गरेका छन् । सहिद शुकदेव राष्ट्रिय कार्यदल र तमु ह्युला छोजधी गुरुङ राष्ट्रिय परिषद् रुपन्देहीको संयुक्त आयोजनामा बुटवलमा भएको सहिद चोक घोषणा र शुकदेव गुरुङ सहिद घोषणा गर्न आयोजित सर्वपक्षीय सर्वदलीय अन्तरक्रियामा बोल्ने सरोकारवालाहरूले जनजातिको भूमिकाको सरकारी संयन्त्रबाट मूल्याङ्कनमा नभएको गुनासो गरेका हुन्।
वि.स १९३३ साल चैत्र १० गते जङ्गबहादुर राणा को शासन कालमा हत्या गरिएको सहिद शुकदेवलाई हाल सम्मका शासकहरूले वास्तविक इतिहास र बलिदानलाई पूर्वाग्रही दृष्टिकोणले हेरिनु र राष्ट्रका वीर वीरङ्गनाहरुलाई राज्य द्वारा अपहेलित उनीहरूको आरोप रहेको छ । कार्यक्रममा लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले तथ्य र प्रमाणलाई बलियो बनाउँदै शुकदेवलाई सहित घोषणा गर्न राज्यले तदारुकता देखाउनुपर्ने बताए ।
उनले आफूले प्रदेश तहबाट शुकदेवलाई सहिद घोषणाको लागि गर्न सक्ने सहयोग गर्न तयार रहेको बताए । घर्तीले यसको लागि आवश्यक सहकार्य गर्न प्रदेश सरकार तयार रहेको दाबी गरे ।
कार्यक्रममा जनता समाजवादी पार्टीका प्रदेश संयोजक नवीन सुनारले जनजातिको भूमिकाको सरकारी संयन्त्रबाट मूल्याङ्कनमा नभएको गुनासो गरे ।
तमु हयुला छोजधी गुरुङ राष्ट्रिय परिषद्का अध्यक्ष धनबहादुर गुरुङले जङ्गबहादुर राणाले रक्तपातपूर्ण कोतपर्वबाट थालेको निरङ्कुश शासनका विरुद्ध खडा भएका आदि विद्रोहीमध्ये शुकदेवलाई सहिद दर्ता तत्काल आवश्यक भएको बताए ।
आदिवासी जनजाति महासङ्घ लुम्बिनी प्रदेश सचिव मनोज रानाले प्रथम सहिद लखन थापाको माग गर्दै निकै लामो समय आन्दोलित बन्नु परेको बताउँदै लामो समय पछि घोषणा भएको स्मरण गरे ।
जनप्रतिनिधिहरू सत्तामा जाँदा सबै कुरा बिर्सने रोग लाग्ने आरोप लगाउँदै लुम्बिनी प्रदेशबाट यो आन्दोलन बलियो बन्नुपर्ने बताए ।कार्यक्रममा संविधानसभा सदस्य सोनिया यादव, प्रकाश राना, झमबहादुर गुरुङ, मगर मुक्ति मोर्चा नेपाल रुपन्देहीका अध्यक्ष दान बहादुर घर्ती मगर, सहिद शुकदेव राष्ट्रिय कार्यदल नेपालका अध्यक्ष धन बहादुर गुरुङ ,आदिवासी जनजाति महासङ्घ रुपन्देही उपाध्यक्ष इन्द्र राई, तमु ह्युला छोजधी गुरुङ राष्ट्रिय परिषद् रुपन्देहीमा अध्यक्ष विमला गुरुङ लगायतले बोलेका थिए । राणा विरोधी आन्दोलनका क्रममा १८ वर्ष जेल जीवन बिताएका गुरुङ वि. सं. १९३३ चैत १० गते जेलभित्रै मारिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संसद्को आगामी बैठकमा प्रमुख प्रतिपक्ष दल माओवादी सशक्त ढङ्गले प्रस्तुत हुने
-
जोशीको रिहाइका लागि राजदूतले गरे इजरायली राष्ट्रपतिलाई फोन
-
विपद् प्रभावित क्षेत्रमा सरकारको उपस्थिति फितलो भयो : लामा
-
नेदरल्यान्ड्सविरुद्धको खेलमा नेपालले पहिले ब्याटिङ गर्दै
-
मौलापुरमा मधानी महोत्सव हुने, महादेव मन्दिरलाई विश्वसम्पदा सूचीमा सूचीकृत गर्न आग्रह
-
अग्रगामी विकास गर्ने लक्ष्यका साथ अध्यादेश ल्याइएको हो : मन्त्री गुरुङ