भन्सार छलीका ७ लाख मूल्य बराबरका सामग्री बरामद
आइतबार, ०४ चैत २०८०, १७ : ५९

धनुषा । सशस्त्र प्रहरी बल नम्बर ८ गण धनुषाले भन्सार छलीका ७ लाख मूल्य बराबरका सामग्री बरामद गरेको छ। सशस्त्र प्रहरीको टोलीले आइतबार धनुषाका विभिन्न स्थानबाट भारतबाट भन्सार छलेर ल्याइएका फलफूल, लत्ताकपडा, किरानालगायतका सामग्री बरामद गरेको हो ।
सशस्त्र प्रहरी नम्बर ८ गण धनुषाका गणपति एसपी दर्शन गिरीले बरामद सामग्री आवश्यक कारबाहीका लागि आजै राजस्व भन्सार कार्यालय जनकपुरमा बुझाइएको जानकारी दिए । उनका अनुसार बरामद सामग्री ७ लाख मूल्य बराबरका रहेका छन् ।
सशस्त्र प्रहरी नम्बर ८ गण धनुषाले अवैध चोरी तस्करी नियन्त्रणका लागि सक्रिय काम गरिरहेको जनाइएको छ । सशस्त्र प्रहरीको टोलीले आइतबार नै टोलीले अवैध तस्करीमा संलग्न एउटा मोटरसाइकल समेत बरामद गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मन्त्रिपरिषद्को आह्वानपछि शिक्षक महासंघले के भन्यो ?
-
शिक्षकहरुलाई विद्यालय फर्कन सरकारको आह्वान
-
वैशाख १२ गते संघीय संसदको बजेट अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस
-
मोटरसाइकलको ठक्करबाट ६० वर्षीय पुष्प दासको मृत्यु, ३० वर्षीय दुरेन पक्राउ
-
सामाजिक सद्भाव बिथोल्ने सामग्री सम्प्रेषण नगर्न अनुरोध
-
१० बजे १० समाचार : मधेसमा कमिसनको चक्कर, भाटभटेनी लुटपाट गर्नेहरू छुट्दै